नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गरेको छ । क्यानको बिहीबार बसेको बैठकले महिला तथा पुरुष खेलाडीलाई सन् २०२२ का लागि सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो । पुरुषतर्फ ‘ए’ श्रेणीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी परेका छन् । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

यस्तै ‘बी’ श्रेणीमा कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, अभिनाश बोहरा, शरद् भेषवाकर र विनोद भण्डारी छन् । यसैगरी ‘सी’ श्रेणीमा कुशल मल्ल, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी र पवन सर्राफ छन् ।
यसैगरी महिलातर्फ ‘ए’ श्रेणीमा रुबिना क्षत्री, सीता रानामगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी परेका छन् । यस्तै ‘बी’ श्रेणीमा सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सबनम राई र ज्योति पाण्डे छन् । ‘सी’ श्रेणीमा डली भट्ट, कविता जोशी, संगीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल छन् ।
वर्गीकरणमा परेका ‘ए’ श्रेणीका पुरुष खेलाडीले मासिक ५० हजार, ‘बी’ले ४० हजार र ‘सी’ श्रेणीका खेलाडीले ३० हजार रुपैयाँ पारिश्रमिक पाउने छन्। यसैगरी ‘ए’ श्रेणीका महिला खेलाडीले १५ हजार, ‘बी’ श्रेणीले १२ हजार र ‘सी’ श्रेणीमा परेका खेलाडीले मासिक १० हजार पारिश्रमिक पाउने छन् ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित