ओली भेट्न पौडेल पुगे बालकोट

काठमाडौं, २२ पौष । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् । काँग्रेसको १४औं महाविधेशनपछि उनी सक्रिय भएका हुन् । महाधिवेशनमा उनी तटस्थ भूमिकामा थिए ।

पौडेलले महाधिवेशनपछि पहिलोपटक फरक दलका नेता अर्थात विपक्षि दलका नेता पुर्वप्रधानमन्त्रि के.पी शर्मा ओलीलाई भेट्न हिजो साँझ बालकोट पुगे ।  बालकोटमा ओलीलाई भेटेका पौडेलले पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका छन् ।

काँग्रेस सत्ता गठबन्धनमा रहँदा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग पौडेलको भेटलाई अर्थपूर्ण मानिएको छ । पछिल्लो समय अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे गठबन्धनभित्र मतभेद छ । यसले गठबन्धन तोडिने सम्भावना पनि बढेको छ ।

पौडेलनिकट स्रोतले भने संसदको गतिरोध हटाउनेबारे कुराकानी भएको जनाएको छ । तर, पौडेलले राजनीतिमा नयाँ विकल्प र गठबन्धनबारे छलफल गरेको बुझिएको छ ।

विगतमा ओलीसँग पौडेलको सम्बन्धमा चीसोपन थियो । आजको भेटले दुई नेताबीच सम्बन्धमा सुधार भएको सन्देश गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद