एमसीसी पारित गर्न देउवा अघि बढे, गठबन्धन तोडिने संभावना बढ्याे

काठमाडौं, ६ पौष । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौता संसदबाट पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा दृढ देखिएका छन् । उनले एमसीसी पारित गर्ने दृढता निकटस्थहरुसँग गरेको बुझिएको छ ।

आजै जनकपुर पुगेका गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी पारित हुने ठोकुवा गरिसकेका छन् । उनले एमसीसी अगाडि बढ्ने भन्दै भ्रमहरु रहेको बताए । एमसीसी गठबन्धन सरकारकै पहलमा पारित गर्नेबारे छलफल भइरहेको उनको भनाई थियो । तर, गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसीको विपक्षमा छन् ।

प्रचण्डले एमसीसी यथास्थितिमा पारित नहुने बताइसकेका छन् । माधवकुमार नेपाल पनि संशोधनको विषय उठाइरहेका छन् । यसकारण प्रचण्ड र माधव नेपाल एमसीसीको पक्षमा उभिने सम्भावना न्यून भएको छ । तर, देउवा एमसीसी पारित गरिछाड्न दृढ देखिएका छन् । यसको संकेत उनका विश्वासपात्र समेत रहेका गृहमन्त्री खाँणले गरिसकेका छन् ।

देउवा एमसीसी पारित गर्न अगाडि बढिरहँदा प्रचण्ड र नेपाल तयार नभएकाले सत्ता गठबन्धन तोडिने सम्भावना बढेको छ । त्यसको खतरा स्वयं प्रचण्डले सोमबार सार्वजनिक रुपमा औल्याइसकेका छन् ।

नेकपा एमालेले एमसीसी पारित गर्न शर्त राखेको विषय बाहिर आएको छ । माओवादी र नेकपा एसलाई सत्ताबाट बाहिर पुर्याएमा एमसीसी पारित गर्न साथ दिने एमालेको शर्त रहेको चर्चा छ । प्रचण्डले पनि यसको खुलासा गरेका छन् ।

एमसीसी पारित गर्न साथ दिने या सत्ता गठबन्धन छाड्नुपर्ने चुनौती प्रचण्ड र माधव नेपालसामु आएको छ । देउवा ब्याक नहुने भएका छन् । यसको अर्थ प्रचण्ड र माधव नेपालले एमसीसीलाई समर्थन नगरे सत्ता गठबन्धन तोडिने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद