यतिबेला सेयर बजारका महत्त्वपूर्ण नियामक निकाय नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्ड नेतृत्वविहीन छन् । यसका लागि बजार सञ्चालक र नियामक निकायमा लामो समयदेखि रिक्त रहेको प्रमुखहरूको नियुक्ति प्रक्रियालाई चाँडो टुङ्ग्याउन लगानीकर्ताले सरकारलाई आग्रह गरिरहेका छन् । लामो समयसम्म यस्ता निकाय नेतृत्वविहीन बन्दा बजारको यो हालत भएको बताउँछन् लगानीकर्ता सञ्जीव पौडेल । यद्यपि अहिलेको समस्याको मुख्य जड भनेको बैङ्कहरूको तरलता अभाव नै हो । “बैङ्कहरूमा पैसा छैन, ऋण लिन जाँदाको त कुरै छाडौँ । स्वीकृत भएको ऋण पनि बैङ्कहरूले दिएका छैनन्,” उनले भने ।नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्ज नेतृत्वविहीन छ । बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना बर्खास्त भएको दुई महिनाभन्दा बढी भइसकेको छ । नेपाल स्टक एक्सचेन्जमा पनि प्रमुख कार्यकारी अधिकृत नभएको तीन महिना भइसकेको छ । यतिबेला लगानीकर्तालाई धैर्य र संयमित भएर अगाडि बढ्न सुुझाव दिँदै सेयर लगानीकर्ता दबाब समूूहका संयोजक हरि ढकाल अत्तालिएर सेयर बिक्री नगर्न सुुझाव दिन्छन् । घटेको बजारमा बिक्री गर्नेतर्फ होइन धैर्य राख्न सके राम्रो हुुन्छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

पुराना र अनुभवी लगानीकर्ता तथा सेयर बजार विश्लेषक अहिलेको घट्दो सेयर बजार लामो समयसम्म नजाने आशामा छन् । अहिलेको बजारले नियामक निकाय र सरोकारवाला निकायको ग्रिन सिग्नल’ खोजिरहेको सेयर बजार विश्लेषक बीके मिश्रले बताए । सेयर बजार घट्न केही नचाहिने भए पनि बढ्नलाई केही नयाँ कुरा चाहिने उनको भनाइ छ । निर्वाचन घोषणाले स्थानीय निर्वाचन चाँडै हुँदै छ । निर्वाचन घोषणा मात्रै भयो भने त्यसको प्रभाव सेयर बजारसम्म पुग्ने बताउँछन् । “स्थानीय निर्वाचन घोषणा गर्नेबित्तिकै गाउँगाउँसम्म चहलपहल बढ्छ । मानिस केही न केही लिएर गाउँ जान्छन् अनि आर्थिक क्रियाकलाप बढ्छ । त्यसको प्रभाव सेयर बजारसम्म आइपुग्छ,” उनले भने ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि