राष्ट्रिय जनगणना : थपिए दुई जाति

काठमाडौंj,कात्तिक ३०, गोरखामा मात्र बसोबास गर्ने चुम्बा र नुब्री जातिले राष्ट्रिय जनगणना २०७८ मा आफ्नो पहिचान सूचीकृत गराएका छन्। चुम र नुब्री उपत्यकाका भोटे लामा समुदाय यसपटक छुट्टै जातिका रूपमा समेटिएका हुन् । चुमवासीले गणकसँग जात र भाषा चुम्बा अनि नुब्रीवासीले नुब्री नै लेखाएका छन्।

लामा थर लेख्ने गरेका उनीहरूलाई २०६८ सालको जनगणनामा तामाङअन्तर्गत सूचीकृत गरिएको थियो। संस्थागत रूपमा र युवाहरूको सामूहिक पहलमा जनगणनामै वास्तविक जात र भाषा लेखाउन अभियान सञ्चालन गरिएको किमोलुङ फाउन्डेसनका अध्यक्ष वाङ्चुक राप्तेन लामाले बताए।

‘नुब्री उपत्यकावासीले जाति र भाषामा नुब्री लेख्न र चुम उपत्यकावासीले चुम्बा लेख्न हामीले घरदैलो अभियान सञ्चालन गरी सचेत गरायौँ’, उनले भने, ‘सामाजिक सञ्जालमार्फत पनि प्रचार–प्रसार गरिरहेका छौं। टोल–टोलका अगुवालाई टेलिफोन गरी सचेत गराइरहेका छौं।’ यसपटकको जनगणनामा पहिचान स्थापित हुने विश्वास उनले व्यक्त गरे।
आफ्नो पहिचान स्थापित गराउन स्थानीय युवा नै गणकमा खटिएको नुब्री क्षेत्रका पेमा ग्याल्बो लामाले बताए। ‘तल्लो भेगका गणकले हाम्रो मर्म र भावनाअनुसार काम नगर्ने अनुमान गरी यसपटक प्रत्येक वडामा स्थानीय सचेत युवा गणकमा खटिएका छौं’, उनले भने, ‘गाउँका अशिक्षित, निमुखा व्यक्तिले वास्तविक तथ्यांक टिपाउन सकेनन् भने पनि स्थानीयस्तरका गणकले मिलाएर टिप्नेछन्।’
चुम्बा र नुब्रीले ‘कोड’ भने नपाएकाले तथ्यांक विभागसँग समन्वय गरी कोड नम्बर नलेखी चुम्बा र नुब्री लेखेको उनले बताए।
‘हामीले तथ्यांक विभागसँग पनि समन्वय गरेका छौं। जिल्ला जनगणना कार्यालयसँग समन्वय गरी कोड नम्बर नलेखी चुम्बा र नुब्री लेखेका छौं’, उनले भने, ‘त्यसरी नै पठाएपछि विभागले नै कोड नम्बर राखिदिने भनेको छ।’ यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या