खोपको दोस्रो मात्रा सुरु

काठमाडौँ, कात्तिक १०ः कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मङ्गलबारबाट लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार बिहीबारसम्म यो खोप लगाइनेछ ।

परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका आठवटा स्थानीय तहका १८ वर्ष उमेरभन्दा माथिका ८६ हजार व्यक्तिलाई दोस्रो मात्रा लगाइने बताए ।

यसैबीच पछिल्लो २४ घण्टामा देशभर ६६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ५६९ र एन्टिजेन परीक्षणबाट ९७ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ६२२ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट ११ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र