October 13, 2021

च्याङ्ग्रा नआउँदा महँगियो दशैँ

हुम्ला, असोज २७ गते । कोरोना कहरले हिल्सा नाका बन्द हुँदा हुम्लाका स्थानीयको दशैँ महँगो भएको छ । स्थानीय खसीभन्दा सस्तोमा पाइने च्याङ्ग्रा चीनको ताक्लाकोट र चुवाँखोला नाकाबाट आयात नभएपछि खसीको बलि दिनै पर्ने दशैँ
महँगो भएको हो ।
खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँका सर्जन रावलले बाह्र हजारमा पाइने च्याङ्ग्रा नआउने भएपछि ३० हजारमा स्थानीय खसी किन्नुपरेको बताउनुभयो । खसीको मूल्य हुम्लामा यो हालसम्मकै उच्च हो । उहाँले बर्सेनि चीनको ताक्लाकोटबाट आउने च्याङ्ग्रा कोरोनाका कारण हिल्सा नाका बन्द हुँदा व्यापारीले ल्याउन नपाएपछि दशैँ महँगो हुन गएको बताउनुभयो । हुम्लामा च्याङ्ग्रा भित्रिएका भए आकार हेरी सात हजारदेखि १७ हजार मूल्यमा खरिद गर्न पाइन्थ्यो । उहाँले यसपाली च्याङ्ग्रा आउन नपाउँदा दशैँ महँगो हुन गएको बताउनुभयो ।
दस वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आउनुभएका व्यापारी छिरिङ लामाले नाका बन्दले च्याङ्ग्रा नआउँदा व्यापारै
छोड्नु परेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र

एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु