October 13, 2021

च्याङ्ग्रा नआउँदा महँगियो दशैँ

हुम्ला, असोज २७ गते । कोरोना कहरले हिल्सा नाका बन्द हुँदा हुम्लाका स्थानीयको दशैँ महँगो भएको छ । स्थानीय खसीभन्दा सस्तोमा पाइने च्याङ्ग्रा चीनको ताक्लाकोट र चुवाँखोला नाकाबाट आयात नभएपछि खसीको बलि दिनै पर्ने दशैँ
महँगो भएको हो ।
खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँका सर्जन रावलले बाह्र हजारमा पाइने च्याङ्ग्रा नआउने भएपछि ३० हजारमा स्थानीय खसी किन्नुपरेको बताउनुभयो । खसीको मूल्य हुम्लामा यो हालसम्मकै उच्च हो । उहाँले बर्सेनि चीनको ताक्लाकोटबाट आउने च्याङ्ग्रा कोरोनाका कारण हिल्सा नाका बन्द हुँदा व्यापारीले ल्याउन नपाएपछि दशैँ महँगो हुन गएको बताउनुभयो । हुम्लामा च्याङ्ग्रा भित्रिएका भए आकार हेरी सात हजारदेखि १७ हजार मूल्यमा खरिद गर्न पाइन्थ्यो । उहाँले यसपाली च्याङ्ग्रा आउन नपाउँदा दशैँ महँगो हुन गएको बताउनुभयो ।
दस वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आउनुभएका व्यापारी छिरिङ लामाले नाका बन्दले च्याङ्ग्रा नआउँदा व्यापारै
छोड्नु परेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन