मन्त्रिपरिषद् विस्तार आज गर्ने सम्भावना

काठमाडौं, असाेज २२ः प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको झण्डै तीन महिनापछि बिहीबार घटस्थापनाको दिन मन्त्रिपरिषद्ले पूर्णता पाउने चर्चा पनि यसअघिको चर्चाझैं असत्य सावित भएको छ ।

आन्तरिक गृहकार्य नपुगेको भन्दै सत्ता गठबन्धनले शुक्रबार मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति गरेको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले आन्तरिक तयारी नपुगेकाले शुक्रबार मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको बताए ।

सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलले मन्त्री छान्न नसक्दा मन्त्रिपरषद्ले पूर्णता पाउन नसकेको हो । दलहरुबीच मन्त्रालयको मोटामोटी भागवण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेको बताइएको छ । एकीकृत समाजवादीले एक राज्यमन्त्रीसहित ५ मन्त्री मात्रै पाउने गरी भागवण्डा भएको थियो तर उक्त दलले थप एक मन्त्री पाउनुपर्ने अडान राखेपछि मन्त्रिपरिषद् विस्तारमा सहमति जुटन नसकेको बताइएको छ ।

मन्त्री छनोट गर्ने विषयमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसभित्र पनि सहमति जुट्न सकिरहेको छैन । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई दुई मन्त्रालय दिने तयारी गरेका छन् । तर, पौडेल पक्षले भने तीन मन्त्रालय पाउनुपर्ने अडान कायमै राखिरहेका कारण मन्त्री छनोट हुन नसकेको बताइएको छ ।

त्यस्तै, सत्ता गठबन्धनका आबद्ध दलहरूलाई पार्टीभित्रबाट मन्त्री छनोट गर्न पनि सकस भएको छ । गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुंगो लगाए पनि अन्य दलले मन्त्री छान्न सकेका छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

जेनजी आन्दोलन : २३ अर्ब ३९ करोड बराबरको बिमा दाबी

काठमाडौँ, असोज १२ गते । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका कारण

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

माओवादी केन्द्र समाजवादी मोर्चामा आबद्ध दलसँग एकता गर्ने

काठमाडौँ, आश्विन ९, २०८२ ।नेकपा (माओवादी केन्द्र) ले समाजवादी मोर्चामा आबद्ध दलसँग एकता गर्ने निर्णय

बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना

काठमाडौँ, असोज ६ ।हिन्दूहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल