नेपालको अमेरिकामाथि पाँच विकेटको जित

काठमाडौं, भदौ २९ गते । नेपालले अमेरिकालाई छ विकेटले हराएको छ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तगर्त आज सम्पन्न पहिलो एकदिबसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो ।
अमेरिकाले प्रस्तुत गरेको २३१ रनको लक्ष्य नेपालले खेल सकिन एक ओभर बाँकी छदा मात्र पाँच विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा रोहित पौडेलले अविजित ६२ रनको पारी खेल्नुभयो ।
जितका लागि मात्र तीन रन आवश्यक छदा बिनोद भण्डारीले ‘रिभर्स स्वीप’ खेल्दा ३७ रनको ब्यक्तिगत् योगफलमा अमेरिकी विकेटकीपरको हातमा क्याच थमाउनुभयो । १४५ रनमा चार विकेट गुमाउँदा दबाबमा आएको नेपाली पारीलाई रोहित पौडेल र बिनोद भण्डारीको जोडीले जित नजिक डोरयायो । दुबैजनाले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गर्नुभयो ।
बिनोदले ४८ बलमा दुई चौका र एक छक्काको सहयोगमा ३७ रनको योगदान दिदा रोहितले अविजित ६२ रनको योगदान दिनुभयो । उहाँले ८७ बलको सामना गर्दै दुई चौका र तीन छक्का लगाउनुभयो । रोहितले ४७ औं ओभरको दोस्रो बलमा छक्का लगाउँदै आफ्नो अद्र्धशतक पुरा गर्नुभयो ।
ओपनर कुशल भुर्तेल र आशिफ शेषले ६६ रनको साझेदारी गर्दा नेपालले औसत लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात गर्न पुग्यो । आशिफ शेषले २३ रन बनाएर पेभेलियन फर्किनुभयो । अर्का ओपनर कुशल भुर्तेलले भने ९३ बलको सामना गर्दै तीन चौका र तीन छक्काको सहयोगमा ८४ रनको उत्कृष्ट पारी खेल्नुभयो । उहाँले अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आफ्नो पहिलो अद्र्धशतक लगाउनुभयो ।
कप्तान ज्ञानेन्द्र मल्ल १७ र कुशल मल्ल एक रन बनाएर पेभेलियन फर्किदा नेपाली पारी दबाब आएको थियो । कप्तान मल्ल पेभेलियन फर्केपछि चौथो नम्बरमा रोहित पौडेल ब्याटिङ गर्न आउनुभयो । तर कुशल भुर्तेलले रोहित र रोहितले बिनोद भण्डारीसँग उत्कृष्ट साझेदारी गर्दा नेपालको जित सुनिश्चित भयो ।
कुशल भुर्तेलले रोहित पौडेलसँग तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गर्नुभयो । भुर्तेल पेभेलियन फर्किदा ब्याटिङ गर्न आउनुभएका कुशल मल्ल एक रन जोड्दै आउट भएपछि बिनोद भण्डारी ब्याटिङ गर्न आउनुभयो ।
त्यसअघि, ओमानको अल एमिरात क्रिकेट रङशालामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अमेरिकाले पुरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३० रनको योगफल तयार गरेको थियो । अमेरिकाका लागि मनाङ्क पटेलले शतकीय पारी खेलेपछि अमेरिकाले सम्मानजनक योगफल तयार गर्न सफल भयो । उहाँले मात्र ११४ बलको सामना गर्दै नौ चौका र एक छक्काको सहयोगमा एक सय रनको योगदान दिनुभयो ।
नेपालको प्रमुख बलर सोमपाल कामी विकेटविहीन रहनुभयो । उहाँले नौ ओभरमा ४४ रन खर्चिनुभयो । बिक्रम सोबले छ ओभरमा ३३ रन खर्चेर दुई तथा सन्दीप लामिछानेले दश ओभरमा ३५ रन खर्चेर दुई र सुशन भारीले दश ओभरमा ३१ रन खर्चेर दुई विकेट लिनुभयो । कुशल मल्लले एक विकेट लिनुभयो ।
नेपालले दोस्रो खेलमा ओमानको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि