नेपालको अमेरिकामाथि पाँच विकेटको जित

काठमाडौं, भदौ २९ गते । नेपालले अमेरिकालाई छ विकेटले हराएको छ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तगर्त आज सम्पन्न पहिलो एकदिबसीय खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो ।
अमेरिकाले प्रस्तुत गरेको २३१ रनको लक्ष्य नेपालले खेल सकिन एक ओभर बाँकी छदा मात्र पाँच विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा रोहित पौडेलले अविजित ६२ रनको पारी खेल्नुभयो ।
जितका लागि मात्र तीन रन आवश्यक छदा बिनोद भण्डारीले ‘रिभर्स स्वीप’ खेल्दा ३७ रनको ब्यक्तिगत् योगफलमा अमेरिकी विकेटकीपरको हातमा क्याच थमाउनुभयो । १४५ रनमा चार विकेट गुमाउँदा दबाबमा आएको नेपाली पारीलाई रोहित पौडेल र बिनोद भण्डारीको जोडीले जित नजिक डोरयायो । दुबैजनाले पाँचौं विकेटका लागि ८३ रनको साझेदारी गर्नुभयो ।
बिनोदले ४८ बलमा दुई चौका र एक छक्काको सहयोगमा ३७ रनको योगदान दिदा रोहितले अविजित ६२ रनको योगदान दिनुभयो । उहाँले ८७ बलको सामना गर्दै दुई चौका र तीन छक्का लगाउनुभयो । रोहितले ४७ औं ओभरको दोस्रो बलमा छक्का लगाउँदै आफ्नो अद्र्धशतक पुरा गर्नुभयो ।
ओपनर कुशल भुर्तेल र आशिफ शेषले ६६ रनको साझेदारी गर्दा नेपालले औसत लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात गर्न पुग्यो । आशिफ शेषले २३ रन बनाएर पेभेलियन फर्किनुभयो । अर्का ओपनर कुशल भुर्तेलले भने ९३ बलको सामना गर्दै तीन चौका र तीन छक्काको सहयोगमा ८४ रनको उत्कृष्ट पारी खेल्नुभयो । उहाँले अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आफ्नो पहिलो अद्र्धशतक लगाउनुभयो ।
कप्तान ज्ञानेन्द्र मल्ल १७ र कुशल मल्ल एक रन बनाएर पेभेलियन फर्किदा नेपाली पारी दबाब आएको थियो । कप्तान मल्ल पेभेलियन फर्केपछि चौथो नम्बरमा रोहित पौडेल ब्याटिङ गर्न आउनुभयो । तर कुशल भुर्तेलले रोहित र रोहितले बिनोद भण्डारीसँग उत्कृष्ट साझेदारी गर्दा नेपालको जित सुनिश्चित भयो ।
कुशल भुर्तेलले रोहित पौडेलसँग तेस्रो विकेटका लागि ५१ रनको साझेदारी गर्नुभयो । भुर्तेल पेभेलियन फर्किदा ब्याटिङ गर्न आउनुभएका कुशल मल्ल एक रन जोड्दै आउट भएपछि बिनोद भण्डारी ब्याटिङ गर्न आउनुभयो ।
त्यसअघि, ओमानको अल एमिरात क्रिकेट रङशालामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अमेरिकाले पुरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा २३० रनको योगफल तयार गरेको थियो । अमेरिकाका लागि मनाङ्क पटेलले शतकीय पारी खेलेपछि अमेरिकाले सम्मानजनक योगफल तयार गर्न सफल भयो । उहाँले मात्र ११४ बलको सामना गर्दै नौ चौका र एक छक्काको सहयोगमा एक सय रनको योगदान दिनुभयो ।
नेपालको प्रमुख बलर सोमपाल कामी विकेटविहीन रहनुभयो । उहाँले नौ ओभरमा ४४ रन खर्चिनुभयो । बिक्रम सोबले छ ओभरमा ३३ रन खर्चेर दुई तथा सन्दीप लामिछानेले दश ओभरमा ३५ रन खर्चेर दुई र सुशन भारीले दश ओभरमा ३१ रन खर्चेर दुई विकेट लिनुभयो । कुशल मल्लले एक विकेट लिनुभयो ।
नेपालले दोस्रो खेलमा ओमानको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’