जुम्लेली स्याउको बजारीकरण शुरु भयो

खलङ्गा, भदौ २८ गते । जुम्लाको चन्दननाथ नगरपालिका ८ का धर्मसिंह कठायत आफ्नो बारीको स्याउ लिएर कर्णाली प्रदेश सदरमुकाम सुर्खेत पुग्नुभएको छ । उहाँले सहकर्मी धर्म बोहोरासँगै ५० क्विन्टल स्याउ लिएर सुर्खेत गएको जानकारी दिनुभयो ।
जुम्ला तातोपानी गाउँपालिका–२, डाँगीवाडाका स्याउ किसान मुनबहादुर डाँगीले पनि यस वर्ष ३० क्विन्टल स्याउ बिक्री गरिसकेको जानकारी दिनुभयो ।
किसान कठायत र डाँगीजस्तै धेरै किसानको जुम्लाको भूगोलमा उत्पादित अर्गानिक स्याउ बजारमा जान थालेको छ । अहिले किसानलले स्याउ टिपेर बजारमा जाने क्रम धमाधम छ । स्याउ बजारमा गएपछि अहिले नेपाली बजारमा जुम्लाको स्याउले ओगटेको देखिन्छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार भदौको दोस्रो साताबाट टिप्न लागिएको स्याउ नेपाली बजारमा पुगेको छ । पश्चिम नेपालको सुर्खेत, नेपालगञ्ज, धनगढी, बुटवलका साथै काठमाडौँ, पोखरा र पूर्वी नेपालको विराटनगरसम्म पनि जुम्लाको स्याउ पुगेको व्यापारीले जनाएका छन् ।
किसान स्याउ टिप्न अन्तिम अवस्थामा रहेका र अहिले निर्यात तथा भण्डारणमा व्यस्त रहेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । कृषि प्राविधिक अधिकृत खेमराज शाहीका अनुसार अहिले बजारमा परिपक्क जुम्लाको स्याउ गइरहेको छ । धेरैजसो स्याउ अहिले सुर्खेत र नेपालगञ्ज गएको व्यापारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद