September 10, 2021

५२ देशबाट झन्डै २ खर्ब लगानी

नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म वैदेशिक लगानी मौज्दात ८ दशमलव ५ प्रतिशतले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ ले यस्तो देखाएको हो । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

NRB lays down rules for hiring foreigners

उक्त आवको असार मसान्तसम्म नेपालमा रू. १ खर्ब ९८ अर्ब ५२ करोड वैदेशिक लगानी कायम भएको छ । त्यो भन्दा अघिल्लो आव २०७५/७६ मा प्रत्यक्ष वैदेशिक लगानी १ खर्ब ८२ अर्ब ९१ करोड रुपैयाँ कायम भएको थियो । त्यसभन्दा अघिल्लो आव २०७४/७५ मा वैदेशिक लगानी २ खर्बभन्दा बढी कायय भएको थियो ।

यो वैदेशिक लगानी प्रतिबद्ध गरिएको र भित्रिएको भन्दा नभएर कायम भएको वैदेशिक लगानी हो । वैदेशिक लगानी आएसँगै सम्बद्ध शेयर धनीले शेयर फिर्ता लैजाने काम पनि भइरहेको हुन्छ । साथै, सम्बद्ध शेयरधनीले लाभांश रकम नलगेर पुनः लगानी पनि गरेका हुन्छन् । ती सबैको हिसाब गर्दा २०७७ असार मसान्तसम्म त्यस बराबरको वैदेशिक लगानी कायम भएको हो ।

समीक्षा अवधिसम्म कायम वैदेशिक लगानीमा चुक्ता पूँजीको अंश ५४ दशमलव ४ प्रतिशत रहेको छ । यस्तै, लाभांशमार्फत गरिएको पुनः लगानी (रिजर्भ) को अंश भने ३३ दशमलव ८ प्रतिशत रहेको छ । यसैगरी ऋणको रूपमा ल्याइएको वैदेशिक लगानीको अंश ११ दशमलव ८ प्रतिशत रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । रकमका आधारमा चुक्ता पूँजीमा १ खर्ब ८ अर्ब ७ करोड, रिजर्भमा ६७ अर्ब ७ करोड र कर्जामा रू. २३ अर्ब ३७ करोड विदेशी लगानी कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद