भदाै १५, बीबीसी: संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट झण्डै २० वर्षपछि आफ्नो सम्पूर्ण फौज फिर्ता गरी दुई दशक लामो अफगान युद्ध समाप्त गरेको छ । योसँगै दुई दशकपछि सत्तामा तालिबानको पुनरागमन भएको छ ।
यूएस सेन्ट्रल कमान्डका प्रमुख जनरल केनेथ मकेन्जीले अमेरिकाले फिर्ता हुने कार्य पूरा गरेको पुष्टि गरेका छन् । हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टी विमान उडेसँगै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको बताए ।
उनका अनुसार दुई दशक लामो अफगानिस्तान बसाइमा अमेरिकाले दुई हजार चारसय अमेरिकीले ज्यान गुमाएका छन् । गत बिहीबार भएको आत्मघाती विस्फोटमा परी १३ जना अमेरिकी सैनिकको मृत्यु भएको थियो ।
तालिबानसँग भएको सहमति अनुसार अगस्ट ३१ को समयसीमाभित्रै अमेरिकी फौज फिर्ता भएको हो । तालिबानले अगस्ट १५ मा अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको थियो । त्यसयताका दुई हप्तामा अमेरिका र उसका साझेदार राष्ट्रले १ लाख २३ हजार भन्दा बढी सर्वसाधारणको उद्धार गरेका छन् ।
अमेरिकी फौज फिर्ता भएसँगै तालिबानले खुसी मनाएका छन् । रात्रीकालीन आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएर उनीहरूले खुसी मनाएका हुन् ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष