माओवादीले सातै प्रदेशका इन्चार्ज र अध्यक्षहरु तोकेको छ तर केही प्रदेशमा सचिवहरु तोक्न बाँकी छ। प्रदेश १ मा राम कार्की ‘पार्थ’ इन्चार्जको जिम्मेवारी पाएका छन् ।
प्रदेश–२ मा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा शक्ति बस्नेत इन्चार्ज र सुदूरपश्चिममा खगराज भट्टले इन्चार्जको भूमिका पाएका छन्।
प्रदेश १, प्रदेश २, वागमती र गण्डकीमा सचिव खाली राखिएको छ । त्यस्तै सुदूरपश्चिममा अध्यक्ष र सचिव पनि खाली छ ।
माओवादीमा नारायणकाजी श्रेष्ठ प्रचण्डपछिका दोस्रो तहका नेता हुन् । तर, जिम्मेवारी पाउने हिसाबले उनी भन्दा जनार्दन शर्मा र वर्षमान पुनले महत्वपूर्ण जिम्मेवारी पाएका छन्।
श्रेष्ठ प्रवक्ताबाट पनि हटेका छन् । अरुले दोहोरो जिम्मेवारी पाउँदा श्रेष्ठले पार्टीमा एउटा मात्रै जिम्मेवारी पाएका छन् । उनले प्रवास समितिको मात्रै जिम्मेवारी पाएका छन् । मिल्दो जुल्दो विदेश मामिला विभाग पनि श्रेष्ठले पाएका छैनन् । त्यो विभाग सुरेन्द्र कार्कीले पाएका छन् ।
पार्टीमा महत्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारी अर्थमन्त्री समेत रहेका जनार्दन शर्माले पाएका छन् । अर्को महत्वपूर्ण स्कुल विभाग भने प्रचण्ड आफैंले राखेका छन् । वर्षमान पुनले पनि आर्थिक तथा योजना र केन्द्रीय कार्यालय इन्चार्जको भूमिका पाएका छन् ।
सूचीमा हेर्नुहोस् कसले के जिम्मेवारी पाए:
भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने
२०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी
जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा
पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र
काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच
काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी