यस्तो छ माधव नेपालको पार्टी विधान, युवालाई बिशेष जिम्मा दिने (विधानको पूर्ण पाठसहित )

काठमाडौं,भदौ ८, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्ना सबै पार्टी कमिटीमा ४० वर्षमुनिका युवाहरूलाई महत्त्वका साथ समेट्ने भएको छ । सो पार्टीको विधानमा ४० वर्ष मुनिका युवाहरूलाई ‘महत्त्वपूर्ण हिस्सा’ भन्दै उनीहरूलाई समेट्ने प्रयास गरेको हो ।

‘हरेक पार्टी कमिटीको एउटा महत्त्वपूर्ण हिस्सामा ४० वर्ष मुनिका युवालाई राखिने छ । यस पार्टीका सदस्यहरूले सामाजिक–आर्थिक तथा सांस्कृतिक रुपान्तरणका लागि उत्पादन सङ्घर्ष र वर्ग सङ्घर्षमा सामेल हुँदै विचार, सङ्गठन र सङ्घर्षका क्षेत्रमा अग्रणी भूमिका खेल्ने छन्’, नेकपा (एकीकृत समाजवादीले आफ्नो विधानमा भनेको छ, ‘उनीहरू जनसरोकारका र उत्पादनशील कार्यमा क्रियाशील हुँदै पार्टीको एकता र अग्रगतिका लागि समर्पित रहने छन् ।’

साथै सो पार्टीको विधानअनुसार १७ जना केन्द्रीय पदाधिकारी रहने भएका छन् भने १ सय ५१ केन्द्रीय कमिटी रहने भएको छ । पार्टीको विधानमा केन्द्रीय कमिटी अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २, सचिव ७ गरी जम्मा १७ जना पदाधिकारीसहित ११५ पूर्ण र ३६ वैकल्पिक गरी जम्मा १५१ सदस्यीय हुने व्यवस्था गरिएको छ ।

केन्द्रीय कमिटी दुई महाधिवेशनबीच पार्टीको सर्वोच्च कार्यकारी संस्था हुने विधानमा उल्लेख छ । केन्द्रीय कमिटीको कूल सदस्य सङ्ख्याको कम्तिमा एक तिहाइ अर्थात् ३३ प्रतिशत सदस्य महिला अनिवार्य हुनेछन् ।

केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्यूरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था गरिएको विधान सो पार्टीले पारित गरेको छ ।

राष्ट्रिय महाधिवेशन, राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चको व्यवस्था गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण