बीबीसी । अफ्गानस्तानमा दोस्रो पटक सत्ता हासिल गर्ने तालिवानले पहिलो पटक पत्रकार सम्मेलन गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिवानका प्रवक्ता जवीहुल्लाह मुजाहिदले भने,‘२० वर्ष संघर्षपश्चात हामीले देशलाई स्वतन्त्र गर्यौँ । विदेशीलाई देशबाट बाहिर निकाल्यौँ ।’
उनले यसलाई पुरै देशको लागि गौरवको पल रहेको बताए ।
‘हामीले भनेका छौँ । अफ्गानस्तान अब संघर्षको मैदान रहेन । हामीले सबैलाई माफी गरिदिएका छौँ । जसले हाम्रो खिलाफ लडाई लडे । अब हाम्रो दुश्मनी खतम भएको छ,’ उनले भने,‘हामी बाहिर वा देश भित्र कोही दुश्मन देख्न चाहाँदैनौँ । अब हामी काबुलमा अराजकता देख्न चाहाँदैनौँ ।’
उनले काबुलका जनताको सुरक्षा गर्नका लागि आफूहरु काबुल प्रवेश गर्नुपरेको बतँए ।
‘हाम्रो योजना काबुलको नाकामा रोकिने थियो । ताकी वार्ता प्रक्रिया सहज रुपमा सुचारु होस् । तर, दूर्भाग्य पछिल्लो सरकार निकै असक्षम थियो । उनीहरुको सुरक्षा बलले जनताको सुरक्षा गर्न सकेनन् । यस्तोमा हामीले नै केही गर्नु थियो,’ मुजाहिदले भने,‘काबुलको मानिसहरुको सुरक्षा गर्नका लागि हामी काबुल घुस्न पर्यो । हामी अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहान्छौँकी कसैलाई पनि नोक्सान हुन दिने छैनौँ ।’
आफूहरुले अन्तर्राष्ट्रिय समुदाय समक्ष कुनै पनि नराम्रो सम्बन्ध नचाहेको उनले बताए ।
आफूहरुलाई धार्मिक मान्यता अनुसार काम गर्ने अधिकार रहेको उनले बताए । ‘अन्य देशमा अलग अलग नियम र कानुन छ । हाम्रो मुल्यका अनुसार आफ्गानस्तानको आफ्नो नियम र कानुन तय गर्ने अधिकार छ,’ उनले भने,‘हामी महिलालाई आफ्नो अधिकार दिन प्रतिबद्ध छौँ । महिला हामीसँग काँधमा काँध मिलाएर काम गर्न गइरहेको छ । हामी अन्तर्राष्ट्रिय समुदायलाई भरोसा दिलाउन चाहान्छौँ की महिलालाई कुनै भेदभाव हुनेछैन ।’
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले