हामीलाई आफ्नो कानुन लागु गर्ने अधिकार छ: तालिबान प्रवक्ता

बीबीसी । अफ्गानस्तानमा दोस्रो पटक सत्ता हासिल गर्ने तालिवानले पहिलो पटक पत्रकार सम्मेलन गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिवानका प्रवक्ता जवीहुल्लाह मुजाहिदले भने,‘२० वर्ष संघर्षपश्चात हामीले देशलाई स्वतन्त्र गर्यौँ । विदेशीलाई देशबाट बाहिर निकाल्यौँ ।’

उनले यसलाई पुरै देशको लागि गौरवको पल रहेको बताए ।

‘हामीले भनेका छौँ । अफ्गानस्तान अब संघर्षको मैदान रहेन । हामीले सबैलाई माफी गरिदिएका छौँ । जसले हाम्रो खिलाफ लडाई लडे । अब हाम्रो दुश्मनी खतम भएको छ,’ उनले भने,‘हामी बाहिर वा देश भित्र कोही दुश्मन देख्न चाहाँदैनौँ । अब हामी काबुलमा अराजकता देख्न चाहाँदैनौँ ।’

उनले काबुलका जनताको सुरक्षा गर्नका लागि आफूहरु काबुल प्रवेश गर्नुपरेको बतँए ।

‘हाम्रो योजना काबुलको नाकामा रोकिने थियो । ताकी वार्ता प्रक्रिया सहज रुपमा सुचारु होस् । तर, दूर्भाग्य पछिल्लो सरकार निकै असक्षम थियो । उनीहरुको सुरक्षा बलले जनताको सुरक्षा गर्न सकेनन् । यस्तोमा हामीले नै केही गर्नु थियो,’ मुजाहिदले भने,‘काबुलको मानिसहरुको सुरक्षा गर्नका लागि हामी काबुल घुस्न पर्यो । हामी अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्न चाहान्छौँकी कसैलाई पनि नोक्सान हुन दिने छैनौँ ।’
आफूहरुले अन्तर्राष्ट्रिय समुदाय समक्ष कुनै पनि नराम्रो सम्बन्ध नचाहेको उनले बताए ।

आफूहरुलाई धार्मिक मान्यता अनुसार काम गर्ने अधिकार रहेको उनले बताए । ‘अन्य देशमा अलग अलग नियम र कानुन छ । हाम्रो मुल्यका अनुसार आफ्गानस्तानको आफ्नो नियम र कानुन तय गर्ने अधिकार छ,’ उनले भने,‘हामी महिलालाई आफ्नो अधिकार दिन प्रतिबद्ध छौँ । महिला हामीसँग काँधमा काँध मिलाएर काम गर्न गइरहेको छ । हामी अन्तर्राष्ट्रिय समुदायलाई भरोसा दिलाउन चाहान्छौँ की महिलालाई कुनै भेदभाव हुनेछैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि