वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव

काठमाडौँ, साउन ३१ गते । नेकपा (माओवादी केन्द्र) ले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव गरेको छ । आजदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा, प्रतिगमनविरुद्धको लडाइँ, एवं मुलुकको समस्या समाधानका लागि पनि गठबन्धनको निरन्तरता अत्यावश्यक रहेकामा जोड दिनुभएको छ ।

अध्यक्ष दाहालले पेश गर्नुभएको प्रतिवेदनमा भनिएको छ, “अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायित्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यहीरूपमा बुझ्ने र आगामी निर्वाचनसम्म कम्तीमा पनि कायम राख्ने पार्टीको नीति हुनेछ ।”

अध्यक्ष दाहालको प्रतिवेदनमा अगाडि भनिएको छ, “प्रतिगमनका विरुद्ध सङ्घर्षकै क्रममा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार गर्दै प्रतिगमन गर्ने प्रवृत्तिलाई गठबन्धनले पराजित गरेको छ । यसलाई नरुचाउने शक्ति गठबन्धनलाई कमजोर पार्ने र भत्काउन लागिपरेका छन् ।”
गठबन्धनको संयुक्त सरकारले आफ्नो साझा नीति तथा कार्यक्रमसमेत सार्वजनिक गरेको सन्दर्भ जोड्दै अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनमा त्यसलाई सफल कार्यान्वयन गर्न जोड दिने उल्लेख गर्नुभएको छ ।

कोरोना नियन्त्रण, अर्थतन्त्रको पुनरुद्धार, जनताको जीवनस्तरमा सुधार गरी मुलुकमा सुशासन स्थापना गर्नु गठबन्धन र सरकारको प्राथमिकता रहेको रहेको प्रस्तावमा समावेश छ । सरकारलाई जनपक्षीय बनाउँदै सफल बनाउन पार्टीले आफ्नो ठाँउमा लागिपर्ने विषयलाई राजनीतिक प्रस्तावमा विशेष जोड दिइएको छ ।

अध्यक्ष दाहालले एमसिसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिने उल्लेख गर्नुभएको छ । आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने र सङ्घीय एवं प्रादेशिक निर्वाचनमार्फत देशको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने गरी सङ्गठनात्मक कार्य अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।

नयाँ सन्दर्भमा पार्टीको विचार, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक संरचना र विभिन्न तहको नेतृत्व निर्माणका लागि राष्ट्रिय सम्मेलनको आयोजना गर्ने अध्यक्ष दाहालले प्रस्ताव गर्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को विरासत दक्षिणपन्थीले बोक्न नसक्ने भन्दै अध्यक्ष दाहालले आफ्नै शक्तिमा भरपर्ने क्रान्तिकारी पार्टी निर्माण गर्ने र विचार मिल्ने वामपन्थी शक्तिसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण गर्दै नेकपाको विरासत र स्वामित्वसमेत आफ्नो पार्टीले लिने उल्लेख गर्नुभएको छ ।

पार्टी निर्माणको मूल आधार लेनिनवादी सङ्गठनात्मक सिद्धान्त नै भएको ठहर गर्दै अध्यक्ष दाहालले युवा, प्रौढ र ज्येष्ठ उमेर समूहको समूचित सन्तुलन एवं सर्वहार श्रमजीवी वर्ग र उत्पीडित समुदायकाबीचबाट लाखौँ कार्यकर्ता भर्ती गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले तत्कालीन नेकपा९एमाले० र आफ्नो पार्टीबीचको पार्टी एकता वस्तुगतरूपमा सही भएको ठहर गर्दै राजनीतिक प्रस्तावमा भन्नुभएको छ, “पार्टी एकता वस्तुत सही हुँदाहुँदै पनि केपी ओलीमा देखा परेका अहङ्कार, दम्भ र पदलोलुपताजस्ता कारणले नेकपा विघटन हुन पुग्यो ।” विभाजित अवस्थामा रहेका सबै इमान्दार कम्युनिस्टलाई एकताबद्ध गर्दै फेरि पनि एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने जिम्मेवारी आएको अध्यक्ष दाहालले स्पष्ट पार्नुभएको छ ।

यस्तो छ सम्मेलनको कार्यतालिका

अध्यक्ष दाहालले केन्द्रीय समितिमा प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावअनुसार आगामी पुसको दोस्रो साता राष्ट्रिय सम्मेलन आयोजना गरिनेछ । पार्टीलाई अवैध भन्दै नेकपा९एमाले० प्रवेश गरेका केही नेताले निर्वाचन आयोग र सर्वोच्च अदालतमासमेत निवेदन दिएको सन्दर्भमा माओवादीले राष्ट्रिय सम्मेलन आयोजना गर्ने प्रस्ताव गरेको हो ।

आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । त्यसका लागि आगामी भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाइनेछ । आगामी असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावअनुसार आगामी मङ्सिर १५ गते प्रदेश सम्मेलन आयोजना गरिनेछ । बैठकमा अध्यक्ष प्रचण्डले विधान संशोधनको प्रस्ताव पेश गर्नुभएको छ । बैठकमा अध्यक्ष दाहालले पेश गर्नुभएको राजनीतिक, विधान संशोधनलगायतका अन्य प्रस्तावमाथि छलफल गर्न विभिन्न आठ वटा समूहमा विभाजन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आइतबार बिहान ११ बजेसम्म दुवै प्रस्तावमाथि छलफल गरेर केन्द्रीय सदस्यले आवश्यक राय सुझाव दिनुपर्नेछ । छलफलबाट प्राप्त हुने निष्कर्ष बैठकमा पेश हुने र आवश्यक संशोधनसहित पारित गर्ने कार्यसूची तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकका अध्यक्ष दाहालले वर्तमान राजनीतिक परिस्थितिको जानकारी गराउनुभएको थियो । उहाँले देशको परिस्थिति र पार्टीले खेलेको भूमिका र आगामी दिनमा निर्वाह गर्नुपर्ने कार्यभारका बारेमासमेत आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय समितिको बैठक आइतबार पुनः ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

माओवादी केन्द्र समाजवादी मोर्चामा आबद्ध दलसँग एकता गर्ने

काठमाडौँ, आश्विन ९, २०८२ ।नेकपा (माओवादी केन्द्र) ले समाजवादी मोर्चामा आबद्ध दलसँग एकता गर्ने निर्णय

पदाधिकारी बैठकमा प्रचण्डको ४ बुँदे प्रस्ताव : पार्टी पुनर्गठन र विशेष महाधिवेशनको तयारी

काठमाडौँ, असोज ६ ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्गठनसहित ४ बुँदे

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि ललितपुरमा सम्पन्न हुँदै

काठमाडौँ, भदौ १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि