बाँच्ने आशा जगाउँदै दोस्रो डोज खोप

काठमाडौं,साउन २६, थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा ८० वर्षीय वृद्ध हरिबहादुर क्षेत्री सोमबार कोरोनाविरुद्धको खोप लगाउन लामबद्ध थिए । उनले २०७७ साल फागुनमै कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका थिए । दोस्रो मात्रा लगाउने पर्खाइमा रहेका उनी बल्लबल्ल खोप लगाउन पाउने आशामा थिए । उनले पहिले त खोप लगाएर कोरोनाबाट बाँचिन्छ भन्ने सोचेका थिएन, पछि खोपले मात्र बच्न सकिने रहेछ भन्ने थाहा भइसकेपछि कोभिसिल्ड खोप लगाएका थिए  ।

खोप लगाएर बाँचिन्छ भन्ने के आशा छ भन्ने प्रश्नमा क्षेत्री भन्छन्, “पहिले म मात्र होइन बाबु, सबैजना खोप लगाउन अन्योलमा थियौँ । के हो के हो भन्ने थियो तर विस्तारै बुझ्दै जाँदा खोप लगाइसकेपछि कोरोनाबाट मरिने रहेनछ भन्ने बुझियो ।”

अलि चाँडो खोप पाइन्छ भन्ने थियो भन्दै क्षेत्रीले भने, “पहिलो मात्रा खोप लगाएको छ महिनापछि खोप लगाउन पाइयो ।” उनमा कोभिसिल्ड बाहेकको खोप भए पनि एउटै फर्मुलाबाट बनेको हुनाले खोपले केही असर गर्छ कि भन्ने कुनै डर छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. झलक गौतमले कोभिसिल्ड लगाएकाका लागि दोस्रो चरणको खोपमा उत्साहजनक ढङ्गले सहभागिता रहेको बताए । डा. गौतमले हालसम्म सबै ठाउँमा कतिले खोप लगाए भन्ने यकिन तथ्याङ्क आउन नसकेको भन्दै जुन ठाउँमा खोप अभियान सञ्चालन भएको छ, त्यहाँ खोप अभियान प्रभावकारी ढङ्गले सञ्चालन भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन