August 7, 2021

इजरायल रोजगारीमा ठगी धन्दा सुरु

काठमाडौं,साउन २३, इजरायल रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी धन्दा सुरु भएको छ । सरकारले इजरायलको रोजगारी खुलाएसँगै बजारमा यस्ता ठगी धन्दा सुरु भएका हुन् । केही दिनयता सामाजिक सञ्जालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा उत्तीर्ण गराइदिने भन्दै बोलेको एक अडियो सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले यस्ता गलत सूचनाप्रति सजग रहन आग्रह गरेको छ ।

विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले इजरायलमा सुसारे (केयरगिभर) छनोट गरी पठाउन नेपाल सरकारसँग आफ्नो सम्झौता भएको भनेर आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारी भ्रम फैलाई रकमसमेत उठाउने कार्य भइरहेको अडियोप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको बताए ।

उक्त अडियो सार्वजनिक भएपछि विभागले यस्ता अनधिकृत समूह र व्यक्ति पहिचान गरी कारबाही गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । उनले इजरायलमा केयरगिभर श्रमिक पठाउने विषयमा सरकारसँग आफ्नो सम्झौता भएको भन्दै सामाजिक सञ्जालमार्फत आवेदन माग गरेर गलत प्रचारप्रति युवालाई सचेत रहन आग्रह गरे ।

इजरायलको रोजगारी जीटुजीमार्फत अर्थात् नेपाल र इजरायल सरकारबीचको सम्झौताअनुसार हुने भएकाले यसमा कुनै पनि निजी संस्था आबद्ध नरहेकाले त्यस्तो प्रलोभनमा नपर्न विभागले सबैलाई सूचित गरेको हो । विज्ञप्तिमा इजरायलमा केयरगिभर छनोट गरी पठाउन सरकारसँग आफ्नो सम्झौता भएको छ भन्दै सामाजिक सञ्जालमार्फत आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारेको र भ्रम फैलाएकोबारे विभागको ध्यानाकर्षण भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र

एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु