यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआइजी) वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको हो । गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि परीक्षा सञ्चालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए ।
तर, १६ गतेको परीक्षा सुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले रातारात नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा सञ्चालन गर्नुपरेको थियो । सोही कारण परीक्षा निर्धारित समयभन्दा ढिला सुरु भएको थियो । तर, १५ गतेको परीक्षा भने पुरानै प्रश्नबाट भएको थियो । सो परीक्षाको भने प्रश्नपत्र आउट भए-नभएको खुलेको छैन । प्रश्नपत्र लिक भएपछि प्रधान कार्यालयले यूएन शाखासँग जोडिएका प्रहरीमाथि निगरानी र सोधपुछ बढाइएको जनाएको छ । सो शाखाका केही प्रहरी भने नियन्त्रणमा समेत रहेको उच्च स्रोतको दाबी छ ।
छानबिन समितिले यूएन शाखाकै डीएसपी वासुदेव पाठक, तालिम केन्द्रमा कार्यरत अर्का डीएसपी रुपेश खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नताको आशंकामा छानबिन गरिरहेको स्रोत बताउँछ । डीएसपी खड्का पनि परीक्षार्थी थिए । उनी केही समयअघिसम्म यूएन शाखामा नै कार्यरतसमेत रहेको बताइन्छ ।
हाल प्रहरी प्रधान कार्यालयले कसरी प्रश्नपत्र बाहिरियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । सो विषयमा यूएनशाखा प्रमुख एसपी अनुपम राणासँगसमेत जानकारी मागिएको छ ।यो समाचार राजधानी दैनिकमा छ ।
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र