July 31, 2021

नेपालसँगको विवाद आज वारपार

काठमाडौं,साउन १६, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले वरिष्ठ   नेता   माधवकुमार   नेपालसँगको विवादलाई  अब  लामो  समय  नतन्काउने बताएका छन् । शुक्रबार पार्टी कार्यालयमा आयोजित  कार्यक्रममा  उनले  केही  दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने बताए ।

नेकपा  (एमाले)मा  अध्यक्ष  केपी  शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहबीच चलेको विवादले पार्टी एकीकृत नै रहने कि विभाजित भएर जाने भन्ने बहस सिर्जना गरिरहेको छध्र कार्यक्रममा  महासचिव  पोखरेलले  शनिबार बस्ने  बैठकबाट  यसबारे  टुंगो  लगाउने बताए ।

‘अब  धेरै  प्रतीक्षा  गर्नु  उचित हुँदैन  भन्ने  मेरो  बुझाइ  छ,”  महासचिव पोखरेलले दुई समूहबीचको एकता प्रसंगबारे स्पष्ट  पार्दै  भने,  भोलि  बस्ने  ‚’थायी कमिटीको बैठकबाट वारपार हुन्छ।” उनले   एक   छुट्टै   प्रसंगमा   नेता नेपाललाई  पार्टीको  दोस्रो  अध्यक्ष  बनाउने प्रस्ताव  पनि  स्वीकार्य  नहुने  बताएका थिए ।

एमालेको  विधानले  त्यस्तो  व्यवस्था नगरेको उल्लेख गर्दै उनले सञ्चार माध्यमबाट आएको यस्ता प्रस्ताव विधानसम्मत नभएको पनि बताए । उनले   यसअघि   विवाद   समाधानका लागि  बनेको  कार्यदलबाट  पारित  १०  बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने  पनि  बताए ।

 हामी  २०७५ साल  जेठ  २  गतेअघि  जाने  कुरा  गरिरहेका छौँ,”   उनले   भने, त्यसरी   जाँदा विद्यमान  विधान र नियमावलीमा  के  छ  ? त्यसमा  व्यवस्था  भएका  कुराहरुलाई  नै पालना गर्नुपर्छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि