२०७८ साउन १३, काठमाडौं । नेप्से परिसूचक आज करिब ३१ सय विन्दु नजिक पुगेको छ । आज १५.३० अंकले बढ्दै नेप्सेले अहिलेसम्मकै उच्च ३,०९४.९५ विन्दुमा पुगेको छ । यस अघि हिजो मात्र नेप्सेको उच्च विन्दु ३,०७९ रहेको थियो ।
बजार खुलेको एक घण्टामा नेप्से परिसूचकले ३१ सय विन्दु पार गरेको थियो । आज सबैभन्दा बढी होटल तथा टुरिजम समूहका लगानीकर्ताले ७.९ प्रतिशतले कमाएका छन् ।
बैंकिङ, हाइड्रोपावर, उत्पादन तथा म्यूचल फण्ड समूहको उपसूचक रातो भएको छ । आज युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै ३८ करोड रुपैयाँ बराबरको भएको छ ।
चन्द्रगिरी हिल्सलगायत तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज २ करोड ८१ लाख ७० हजार १७२ कित्ताको किनबेचमा १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र