मलेसिया रोजगारी अर्को वर्षदेखि मात्रै

काठमाडौं,असार २४,हालसम्म श्रम स्वीकृति जारी भएको संख्याको आधारमा सबभन्दा ठूलो गन्तव्य मलेसिया रोजगारी यो वर्ष सुरु नहुने भएको छ।  

मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालका अनुसार एकातिर बढ्दो कोरोना महामारी र अर्कोतिर कोरोनाविरुद्ध खोपको जोहो हुन नसक्दा सन् २०२२ पछि मात्र नेपालीहरू रोजगारीका लागि मलेसिया जान पाउने सम्भावना छ।  

‘आउँदो डिसेम्बरसम्म त मलेसियाले नेपालीलगायत विदेशी कामदार नभित्र्याउने लगभग निश्चित जस्तै छ,’ बुधबार उनले भने, ‘सन् २०२२ को सुरुवातदेखि पनि रोजगारी सुचारु होला भन्ने अनुमान मात्र हो।’ अघिल्लो वर्षको मार्चदेखि लकडाउन सुरु गरिए पनि त्यहाँ अझै पनि कोरोनाको प्रकोप कायमै छ।  

ढकालले महामारीका कारण मलेसियाको अवस्था खराब रहेको उल्लेख गर्दै अहिलेसम्म कोरोनाविरुद्ध दुई डोज खोप पाउनेको संख्या न्यून रहेको बताए। ‘अहिलेसम्म ९३ लाखले पहिलो र २७ लाखले दोस्रो डोजको खोप लगाएका छन्,’ उनले भने, ‘त्यसैले अहिलेसम्म धेरैको अनुमान डिसेम्बरपछि अवस्थामा केही सुधार हुन्छ कि भन्ने अपेक्षा छ।’ कोरोना महामारी सुरु भएपछि पहिला नेपालले बन्द गरेको रोजगारी पछिल्लो चरणमा मलेसिया सरकारले बन्द गरेको हो।  

मलेसिया रोजगारी बन्द भएको करिब डेढ वर्ष भइसकेको छ। यतिखेर विदेशी कामदार भित्र्याउन मलेसिया सरकारले खासै अग्रसरता नलिएको उनको भनाइ छ। वैदेशिक रोजगार विभागले मलेसिया लगायत वैदेशिक रोजगारीमा जान चाहनेका लागि केही दिनअघि श्रम स्वीकृति दिन थाले पनि रोजगारदाताले कामदारको माग नगर्दा श्रम स्वीकृति लिनेको संख्या बढ्न सकेको छैन।  

यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले