गत वर्ष साउन महिनामा १०५ रुपैयाँ रहेको पेट्रोलको मूल्य बढेर १२९ पुगेको छ । सो अवधिमा ९१ रुपैयाँ रहेको डिजेलको अहिले ११२ रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष १३ सय ५० रुपैयाँ रहेको ग्यासको मूल्य बढेर १४ सय २५ रुपैयाँ कायम भएको छ । गत वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढ्दै गएको निगमको दावी छ ।
तर, निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य बढाउँदा त्यसको असर उपभोक्तामा पर्न गएको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा अत्यावश्यक वस्तुको ढुवानी लागत महँगो भएको छ र त्यसको मूल्य उपभोक्ताले तिर्नु परेको छ ।
निगमले लगातार इन्धनको मूल्य बढाएको भन्दै त्यसको चौतर्फी विरोध भएको छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेना कोभिडको मारमा परेका उपभोक्तालाई प्रत्यक्ष मार पर्ने गरी बढाइएको इन्धनको मूल्य फिर्ता गर्नुपर्ने बताउँछन् । उपभोक्ता अधिकारकर्मी पनि विरोध गरेझैं मात्र गर्छन् भन्ने आम उपभोक्ताको गुनासो छ । यो समाचार कारोबार दैनिकमा छ ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित