July 7, 2021

प्रधानमन्त्रीको सहमतिमा जासुसहरु यताउता

काठमाडौं,असार २३, देशभरका गुप्तचर कमाण्डरको अदलीबदली शुरु भएको छ । भर्खरै राष्ट्रिय अनुसन्धान विभागका डिआइजीहरु विभिन्न प्रदेशबाट हेरफेरमा परेका छन् । प्रदेश १ को कमाण्ड सम्हालेका ३३ किलो सुनकाण्ड छानबिनवाला हुतराज थापा धरानबाट विभागको कन्ट्रोल हुँदै सुदूरपश्चिमको कमाण्डर बनाइएका छन् । प्रकाश पाण्डे प्रदेश १ मा गएका छन् । टेकेन्द्र कार्कीलाई कर्णाली प्रदेशको जिम्मेवारी आइलागेको छ ।

लक्ष्मण गुरुङ प्रशासनबाट लुम्बिनी प्रदेश गएका छन् । सुमन वैद्य बागमती प्रदेशबाट गण्डकी र हरिहर पौडेल लुम्बिनीबाट बागमती प्रदेश तोकिएका छन् । ओम जोशी सुदूरपश्चिमबाट प्रदेश २ (जनकपुर) जाँदा सुनील ढकाल र कूलदीप थापा विभागमा तानिएका छन् । यी दुईमध्ये एक जना प्रशासनमा जाने बुझिन्छ । दुबै जना प्रमुख अधिकृत गणेश अधिकारीका निकट मानिन्छन् । 

एसएसपीतर्फ राजन उप्रेती समाचार संकलन, सम्पादनबाट अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएका छन् भने भीमबहादुर बुढाथोकी र ओमबहादुर खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्मा पठाइएको छ । माधव तिमिल्सिना प्रशासनबाट नयाँदिल्लीस्थित दूतावासमा खटाइएका छन् । त्यहाँ तीन वर्ष कार्यकाल पूरा गरेका इन्द्र लामालाई विभागमा फर्काएर चीफको लाइनमा रहेका लमजुङका किशोर श्रेष्ठलाई एयरपोर्टबाट विभागमा तानिएको छ । यसबाहेक आजभोलिमै डिएसपीहरुको सरुवा पनि निकाल्ने तयारी छ ।

विभागले राष्ट्रिय सुरक्षा परिषद्मा एकजना डिआइजी पठाउन सक्छ । तर, अहिलेसम्म कसैलाई पठाइएको छैन । गुप्तचर विभाग हाल प्रधानमन्त्रीको मातहतमा छ । 
त्यस्तै, सशस्त्र प्रहरीमा डिआइजी बढुवाको तयारी शुरु भएको छ ।

त्यहाँ अहिले तीन डिआइजी खालि भएमध्ये कालिदाश धौबजी र कमल न्यौपाने दुईजना पक्कापक्की भएका छन् । तेस्रो सिनियरले तालिम गरेका छैनन् । तेस्रोलाई छोडेर पाँचौँ र छैठौँमा जाँदा चेन अफ कमाण्ड बिग्रिन्छ भनेर अहिलेसम्म बढुवा सिफारिस नभएको सशस्त्रस्रोतले जनाएको छ । त्यस्तै, एक सय २० वटा नयाँ बिओपीका लागि गृहमा दरबन्दी माग गर्ने तयारी पनि चल्दैछ । यो समाचार आजको जनआस्था साप्ताहिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र