‘दलको आदेश मान्नेबाहेक सांसदसँग विकल्प हुन्न’

काठमाडौं,असार १८,प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्रीका कानुन व्यवसायीले संसद्मा दलको ह्विप अनिवार्य लाग्ने भएकाले एउटा दलका सांसदले अर्को दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउन समर्थन गर्न नसक्ने तर्क दोहोर्‍याएका छन्। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता अग्नि खरेलले एउटा दलको सदस्यले अर्को दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउन समर्थन गर्न नपाउने जिकिर गरे। खरेलले बहस गर्दैगर्दा प्रधानन्यायाधीशका प्रश्नको सामना गर्नुपर्‍यो।

‘शेरबहादुर देउवाले पार्टीको पनि समर्थन लिएर, संसद्का अन्य सदस्य पनि लिएर जानुभएको छ। धारा ७६ (५) को प्रयोजन कसरी गल्ती भयो’, प्रधानन्यायाधीश जबराले खरेलसँग सोधे। जबाफमा खरेलले देउवाले आप्mनो दलको निर्णय लिएर गएको दाबी गरे। ‘दलको समर्थन चाहिँदैनथ्यो भने माओवादी केन्द्रको निर्णय लगेर जानुभयो। दलले निर्णय गरेको छ’, उनले भने, ‘नेकपा एमालेका केही सदस्य, जसपाका केही सदस्यले सही गरिराख्दा कुनै दलको निर्णय चाहिने र कुनैको नचाहिने ?’ 

उनले माओवादी केन्द्रको देउवालाई समर्थन गरेको पत्रसमेत पढेर सुनाएका थिए। ‘धारा ७६ (२) मा दलको व्यवस्था छ। सांसदको भूमिका मौन देखाइएको छ। उपधारा ५ को हकमा खुल्ला छोडिएको छ। स्वतन्त्र रूपमा प्रस्तुत हुने पनि भयो। देउवाको हकमा सांसदहरूको हस्ताक्षर बनाएर जाँदा पनि भएन। ७६ (२) मा स्वतन्त्र सांसदहरूको भूमिका के हुने रु उपधारा २ को व्यवस्था के?’ प्रधानन्यायाधीशले फेरि सोधे।

पूर्वमहान्यायाधिवक्तासमेत रहेका खरेलले कांग्रेस र माओवादी केन्द्रको पत्र राखिएकाले एमाले र जसपाका सांसदको सहीमात्र समावेश गर्न नमिल्ने बताए। ७६ (५) को व्यवस्थामा ह्विप नलाग्ने हो भने राजनीतिक दलसम्बन्धी ऐनमा राखिएको व्यवस्था के हुने भन्ने उनको तर्क थियो। ‘राजनीतिक दलसमबन्धी ऐनको कुरा गर्दा, संविधानका प्रत्येक धारा, उपधारा स्वतन्त्र हुन्। ५ को व्यवस्था संसारमा कहीं नभएको हाम्रोमा छ।  यो समाचार नागकिर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र