यसरी बगर बन्यो मेलम्ची बजार

मेलम्ची (सिन्धुपाल्चोक), असार ३ गते । मेलम्ची खोलामा आएको बाढीबाट सात जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका २ का माधव भण्डारी र गणेश ज्योति, हेलम्बु ३ की टीकामाया खड्का, हेलम्बु ६ का च्याङ्गा तामाङ र उनकी श्रीमती (नाम पहिचान नभएको), हेलम्बु ७ का ज्ञानेन्द्र कक्षपति र चौतारा साँगाचोकगढी नगरपालिका १४ का सुरेन्द्र नेपाल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
एउटा शव फेला परेको र पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मङ्गलबार साँझ हेलम्बु गाउँपालिका १ मा रहेको मेलम्ची खानेपानीको मुख्य हेड वक्र्समाथि पहिरो गई नदी थुनिएर सुरु भएको बाढीले हेलम्बुको तिम्बु बजार बगाउन सुरु गरेको थियो । त्यस्तै पाँचपोखरी गाउँपालिका ३ को भोताङको लार्केबाट पनि सोही समयमा बाढीको बहाव सुरु भएको र दुवै खोला मेलम्चीमा मिसिएर ठूलो क्षति हुनपुगेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।
मेलम्ची र इन्द्रावतीबाट सुरु भएको बाढीले मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङ दुवै सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ । पछिल्लो समय सुरक्षित मानिएको पर्यटकीय नगरी मेलम्ची भूकम्पपछिको पुनःनिर्माणले आकर्षक स्थानमा परिचित थियो । सिन्धुपाल्चोकको साबिक ३ नम्बर निर्वाचन क्षेत्रको मुख्य केन्द्रका रूपमा रहेको मेलम्ची एकै रातको बाढीले बगरमा परिणत गरेको छ । सडक, पुल, भवन, होटल, रिसोर्ट, खेत, फार्महरू सबै बगरमा परिणत भएका छन् ।
हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चालिसे, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजारका सयौँ घर बाढीले बगाएको छ र तटीय क्षेत्रका बस्ती बगरमा परिणत भएका छन् ।
तिम्बु बजारमा रहेको प्रहरी चौकीसहित बजारका सबै घर बगाएको इलामा प्रहरी कार्यालय तिम्बुले जनाएको छ । निर्माणाधीन रेडियो मेलम्चीको भवनसहित मेलम्ची बसपार्क क्षेत्रका हजारौँ रोपनी खेतीयोग्य जमिन बगाएको छ । मेलम्ची–तिम्बु करिडोरका सबै संरचना र खेतीयोग्य जमिन बाढीले बगाएको छ, बगर बनाएको छ । मङ्गलबार राति अपूरणीय क्षति पु-याएको इन्द्रावती नदीमा केही बहाव घटे पनि क्षति हुने क्रम घटेको छैन । “हिजोदेखि खोलाले कटान गरिरहेकै छ, आज बिहान बहाव केही घटे जस्तो भएको थियो तर दिउँसोबाट फेरि पानी पर्न सुरु भएको छ”, हेलम्बु ३ की सरस्वती पौडेलले भन्नुभयो ।

हेलम्बुबाट बग्ने मेलम्ची खोलामा पछिल्लो चौबीस घण्टा निरन्तर लेदो बगिरहेको स्थानीयले बताएका छन् । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले उद्धारको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो।
बाढीबाट नागरिककोे उद्धार कार्य जारी छ । उद्धार गरिएका नागरिकलाई स्थानीय विद्यालयमा राखिएको छ । बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलगायत २५० तालिम प्राप्त जनशक्ति उद्धारमा खटिएको पोखरेलले बताउनुभयो ।
हेलम्बु गाउँपालिका–१ आम्बाथानमा रहेको मेलम्ची आयोजनाको मुहान नजिकैको क्याम्पमा बस्ने ७० जना कामदार तथा आयोजनाका कर्मचारीहरू बाढीमा फसेका र ४७ जना कामदारलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।
अम्बाथान क्याम्पमा रहेका २३ जना अझै सम्पर्कमा नआएकोे मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले बुधबार नै बाढी पहिरो क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँहरू सिन्धुपाल्चोकबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।
निरीक्षणका क्रममा सभामुख सापकोटाले बाढी प्रभावित क्षेत्र मेलम्चीमा अवरुद्ध फोन, इन्टरनेटलगायतका सूचना तथा सञ्चार क्षेत्र, विद्युत् र सडकहरू तत्काल सुचारु गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा कार्य अगाडि बढाउनुपर्ने बताउनुभयो ।
मङ्गलबार साँझ बाढीको बहाव बढेपछि घर छोडेर भागेका स्थानीयले ज्यान त जोगाए तर बासस्थानमा भने कष्ट भोगिरहेका छन् । मेलम्चीदेखि तिम्बुसम्मका खोलाको तटीय क्षेत्रका बासिन्दा विद्यालय र माथिल्लो बस्तीमा आश्रय लिइरहेका र उनीहरूको व्यवस्थापनमा लागिरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो । बाढीले क्षति पु-याएको र जोखिममा रहेका घरहरूबाट सामग्री निकाली सुरक्षित स्थलतर्फ लाग्ने नागरिकको लस्कर नै देखिन्थ्यो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री तामाङले घर छोडेर आश्रय लिइरहेका नागरिकलाई टेन्ट, स्लिपिङ ब्याग र त्रिपाल, खाद्यान्न सामग्री उपलब्ध गराइएको बताउनुभयो।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख गोपाल तामाङको संयोजकत्वमा इन्द्रावती–मेलम्ची क्षेत्र प्राकृतिक विपत् व्यवस्थापन मूल समिति निर्माण गरी पीडितहरूको तत्काल व्यवस्थापनको काम सुरु गरिएको प्रमुख तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आज दिउँसो देशभर धेरै भारी वर्षाको सम्भावना, प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह

सावन ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानहरूमा

प्रधानमन्त्री ओलीको भनाइ : ‘विद्या भण्डारीलाई एमालेमा ल्याउने विषयमा पार्टीले निर्णय गर्छ’

साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको