सूर्यविनायक–धुलिखेल सडक विस्तार हुने

काठमाडौँ, जेठ ३० गते । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार हुने भएको छ । दुई लेनमा रहेको सो सडक विस्तार भएपछि चार लेनको हुने छ । सम्पूर्ण प्रशासनिक प्रक्रिया पूरा भइसकेको सो सडक विस्तारका लागि आगामी आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकभित्रमा नै बोलपत्र आह्वान गरिने सडक विभागले जनाएको छ ।
विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सो सडक विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र डिजाइनसमेत तयार भई स्वीकृत भइसकेको बताउँदै नयाँ आर्थिक वर्षको सुरुदेखि नै निर्माण प्रक्रिया सुरु गरी आर्थिक वर्षको पहिलो चौमासिकभित्रमा नै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो । उहाँले सो सडक विस्तारका लागि नयाँ बजेट वक्तव्यमा रकम विनियोजन गरिएकाले अब निर्माण प्रक्रिया अगाडि बढाउन कुनै कठिनाइ नभएको स्पष्ट पार्नुभयो ।
सो सडकका लागि दुई अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ । त्यसैगरी डिभिजन सडक कार्यालय भक्तपुरले गत वर्षदेखि नै सो सडकखण्ड क्षेत्रमा परेका संरचनाहरू हटाउन तथा रुख कटान सुरु गरिसकेको छ । सो सडक विस्तारका लागि करिब आठ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
महानिर्देशक थापाले कुल १५ किलोमिटर लम्बाइ रहेको सो सडकखण्डमा चार लेनमा विस्तार गरिने गरी डिजाइन गरिएको बताउनुभयो । सो सडकखण्डमा छ स्थानमा आकाशेपुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण गरिने छ । उहाँले भन्नुभयो, “यो सडकखण्ड विस्तारका लागि सडक विभागका साथै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले समेत डीपीआर तयार पारेको छ । सडक विभागको डीपीआरको तुलनामा जाइकाले तयार पारेको डीपीआरअनुसार विस्तार गर्दा तीन गुणाभन्दा बढी लागत बढ्ने भएकाले विभागको डीपीआरअनुसार विस्तार गरिने छ । ”
उहाँका अनुसार जाइकाले तयार पारेको डीपीआरमा आठ लेनको सडक विस्तार तथा भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्रको साँगामा एक दशमलव २९ किलोमिटर सुरुङमार्गसमेत प्रस्ताव गरिएको छ । त्यसैगरी जाइकाले अहिलेको सडकको ‘एलाइनमेन्ट’ परिवर्तन हुने गरी डीपीआर तयार गरेको छ । जाइकाको डीपीआरअनुसार विस्तार गर्दा १० अर्ब रुपियाँभन्दा बढीको जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । विभागका महानिर्देशक थापाले जाइकाको डीपीआरअनुसार सो सडकखण्ड विस्तारको लागत करिब ३० अर्ब रुपियाँ हुने देखिएको बताउनुभयो ।
उहाँले दूरगामी दृष्टिकोणले जाइकाको डीपीआर राम्रो भए पनि समय, लागत र नेपालको सन्दर्भमा जग्गा अधिग्रहणको वर्तमान झन्झटिलो प्रक्रिया तथा अवस्थाका कारण जाइकाले तयार पारेको डीपीआरअनुसार तत्काल सो सडकखण्डको विस्तार सम्भव नरहेकाले सडक विभागले नै तयार पारेको डिजाइनमा विस्तार गरिने बताउनुभयो । जाइकाले सन् २०११ मा तीनकुने–सूर्यविनायक सडक विस्तारसँगै सो सडकखण्ड विस्तारको प्रारम्भिक अध्ययन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद