सामूहिक सङ्कल्प गरी अगाडि बढौँ

बिम्स्टेक क्षेत्रका लागि समयमै सहज पहुँचका साथ खोप सुनिश्चित गर्न थप प्रयास बढाउनुपर्छ ।

काठमाडौँ, जेठ २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) महामारीको सङ्कटसँग लड्न सामूहिक सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) स्थापनाको २४औँ वार्षिकोत्सवका अवसरमा सन्देश दिनुहुँदै उहाँले भन्नुभएको छ, “इतिहासकै यस कठिन घडीमा सामूहिक सङ्कल्प गरेर अगाडि बढ्नु नै उत्तम तरिका हो ।”
आफ्ना अनुभव आदानप्रदान गर्दै यस क्षेत्रको स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्न, व्यापार र प्रविधि, विज्ञान र नवीनतम आविष्कारमा आपसी सहकार्यको गति विस्तार गर्न क्षेत्रीय र वैश्विक सहयोग अहिलेको अवस्थामा महत्त्वपूर्ण रहेको प्रधानमन्त्री ओलीले औँल्याउनुभएको छ ।
प्रधानमन्त्री ओलीले यस महामारीको निराकरणको महत्त्वपूर्ण हिस्सा कोरोनाविरुद्धको खोप रहेको बताउँदै बिम्स्टेक क्षेत्रका लागि समयमै सहज पहुँचका साथ खोप सुनिश्चित गर्न थप प्रयास बढाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले महामारीको दोस्रो लहरका कारण नेपाल आक्रान्त रहेको चर्चा गर्दै यस व्याधीबाट आमनागरिकलाई संरक्षण गर्ने उपकरण, औषधि र खोप आपूर्ति, अक्सिजन, भेन्टिलेटर, आईसीयू, शøया दिएर बिरामीको उपचार सुनिश्चित गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।
दिगो विकासको लक्ष्य कार्यान्वयनमा विश्वव्यापी स्वास्थ्य सङ्कट सम्बोधन गर्न तथा विशेष गरी गरिबी उन्मूलन गर्ने तथा यस क्षेत्रका जनताका लागि आधारभूत सामाजिक सुरक्षा सुनिश्चित गर्नु महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।
महामारीले व्यापक रूपमा सामाजिक क्षेत्रमा प्रभाव पारेको औँल्याउँदै प्रधानमन्त्री ओलीले महिला, बालबालिका, वृद्धवृद्धा, गरिब, सीमान्तकृत समुदाय अप्रत्याशित रूपमा प्रभावित बनेको सन्देशमा उल्लेख गर्नुभयो । उहाँले महामारीका कारण शिक्षा क्षेत्र अवरोध आए पनि लाखौँ विद्यार्थीको भविष्यमा सम्झौता नगर्नका लागि यस क्षेत्रका मुलुकले ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
सन् २०१८ मा काठमाडौँमा भएको चौथो बिम्स्टेक शिखर सम्मेलनले जारी गरेको घोषणापत्रले कल्पना गरेअनुसार नेपाल यस क्षेत्रको शान्ति, समृद्धि र दिगो विकासका लागि काम गर्न प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।
आगामी शिखर सम्मेलन संस्थागत सुदृढीकरण र सदस्य राष्ट्रबीच बहुक्षेत्रीय सहयोगको गहनता र बडापत्र स्वीकृतिका लागि कोसेढुङ्गा साबित हुने विश्वास प्रधानमन्त्रीले सन्देशमार्फत व्यक्त गर्नुभएको छ ।
बिम्स्टेक सदस्य मुलुकका सरकार प्रमुख तथा विदेशमन्त्रीहरूले यस दिवसका अवसरमा आफ्ना साझा धारणासहितका सन्देश आदानप्रदान गर्नुभएको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानका प्रधानमन्त्री लोट्टे छिरिङ, म्यान्मारका राज्य प्रशासनिक परिषद्का प्रमुख मिनआङ ल्याङ, श्रीलङ्काका प्रधानमन्त्री गोटाबाया राजापाक्षे र थाइल्यान्डका प्रधानमन्त्री डन रामुद्विनीले सङ्कटको घडीमा एकताबद्ध भएर अगाडि बढ्ने प्रण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद