विद्यार्थीलाई घरपायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौँ, जेठ २२ गते । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन गर्ने भएको हो । कोरोना महामारीका कारण स्थगित स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा अनलाइनबाट सम्भव नदेखिएपछि विद्यार्थी जुन जिल्लामा पुगेको छ त्यहीँबाट परीक्षा लिने मोडालिटी बनाइएको हो ।
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थीलाई अब आफू अध्ययन गरेको क्याम्पसमा आएर परीक्षा दिनुपर्ने बाध्यता नरहेको बताउँदै परीक्षा केन्द्र परिवर्तन गरेर पायक पर्ने स्थानबाट परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
१९ महिनाभन्दा बढी समयदेखि एउटै वर्षमा अध्ययन गर्न बाध्य स्नातक प्रथम वर्षका विद्यार्थीको परीक्षा साउनभित्रै लिने तयारीअनुसार नै विश्वविद्यालयले परीक्षामा यस खालको मोडालिटी बनाएको हो । त्रिविमा हाल स्नातक तहमा नयाँ र पुरानो गरी दुई समूहका विद्यार्थी छन् । त्रिविमा सामान्य अवस्थामा परीक्षा केन्द्र परिवर्तन गर्न र विद्यार्थीले परीक्षा केन्द्र रोज्नसमेत नपाउने प्रावधान छ ।
परीक्षा नियन्त्रक जोशीले विद्यार्थीले परीक्षा फाराम भर्नसमेत अनलाइनबाट सम्भव नभएको गुनासो आएपछि आफूहरूले पुरानो परिपाटीबाट तीन घण्टाकै परीक्षा लिने निचोडमा पुगेको जानकारी दिनुभयो । विश्वविद्यालयमा हाल स्नातक तह पहिलो वर्षमा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी छन् । ती विद्यार्थीको पठनपाठन वार्षिक परीक्षा प्रणालीका आधारमा भइरहेको छ । त्रिविले असार पहिलो सातासम्म परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

परीक्षा केन्द्र थपिने
विद्यार्थीलाई सहज तरिकाले परीक्षा दिन प्रबन्ध मिलाउन विश्वविद्यालयले यसपटक परीक्षा केन्द्र थप गर्ने भएको छ । यसपटक स्नातक तह प्रथम वर्षको परीक्षा सञ्चालनका लागि देशभर करिब तीन सय केन्द्र थपिने तयारी गरिएको छ । गत वर्ष २४० वटा परीक्षा केन्द्र तय गरिएको थियो ।
मनाङबाहेक सबै जिल्लामा विश्वविद्यालयले परीक्षा केन्द्र राख्ने जनाएको छ । जिल्ला हेरी न्यूनतम एक र बढीमा सातवटासम्म परीक्षा केन्द्र तय गरिने जानकारी परीक्षा नियन्त्रक जोशीले दिनुभयो । स्नातक तह प्रथम वर्षको परीक्षा सकेपछि भदौबाट अन्य तहका परीक्षा क्रमशः सञ्चालन गर्दै जाने योजना विश्वविद्यालयको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति