खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट

काठमाडौँ, जेठ २१ गते । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो ।
नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा ती कम्पनीका प्रमुखबीच भएको छलफलपछि उक्त निर्णय कार्यान्वयनमा आएको जनाइएको छ । यो योजना निषेधाज्ञा अवधिसम्म मात्रै लागू हुनेछ । गत वर्षको बजेटमा पनि दुई कम्पनीले वितरण गर्ने खाद्यान्नमा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।
दुई सरकारी कम्पनीले हाल चामल, दाल, चिनी, नुन, गेडागुडी, तेल र एसटीसी ग्यासलगायतका सामान बेच्दै आएका छन् । खाद्य कम्पनीले छ प्रकारका चामल र कर्णालीको सिमीमा सरकारले तोकेको २० प्रतिशत छुट दिनेछ । साल्ट ट्रेडिङले पाँच जनासम्मको परिवारका लागि ग्यास (एसटीसी) एउटा, चिनी दुई केजी र नुन दुई केजी, भटमास तेल एक लिटर, दुई केजीको पिठोमा छुट दिनेछ ।
खाद्य कम्पनीका कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले सरकारले बजेटमार्फत दिने भनेको छुट योजनाअनुसार कम्पनीले शुक्रबारदेखि नै चामल र कर्णालीको सिमी बिक्री गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीले सोना मन्सुली चामल, जिरा मसिनो (स्टिम), स्टिम रज्जित, मध्यम मकवानपुरे चामल र कर्णालीको सिमीमा छुट दिने छ ।
“खाद्यान्न कम्पनीले हाल तेल, डीडीसीको घिउ, साल्ट ट्रेडिङको ग्यास (एसटीसी), दाल, पिठोलगायतका थुप्रै सामान बिक्री गर्दै आएको छ,” कार्यकारी अधिकृत चन्दले थप्नुभयो “तर सबैमा हामी त्यो छुट दिन सक्दैनौँ । हामी आफूले खरिद गरेको सामानमा मात्रै छुट दिने तयारी गरेका छौँ ।”
खाद्य कम्पनीले यही जेठ १३ गतेदेखि लागू गरिएको नयाँ चरणको निषेधाज्ञापछि उपत्यकाका विभिन्न ठाउँमा अनलाइन वा फोनमार्फत आएका मागअनुसार निःशुल्क डेलिभरी सेवा पनि दिँदै आएको जानकारी उहाँले दिनुभयो । निःशुल्क डेलिभरीमा सरकारले गरेको छुट योजना कार्यान्वयन गर्न भने नसकिने चन्दको भनाइ छ ।
साल्ट टे«डिङले ग्यास, चिनी, नुन, आँटा, भटमासको तेलमा सरकारले तोकेको २० प्रतिशत छुट दिने व्यवस्था शुक्रबारदेखि नै कार्यान्वयन गर्ने भएको छ । साल्ट टे«डिङका उपमहानिर्देशक कुमार राजभण्डारीले निषेधाज्ञा अवधिभर पाँच जनाको एउटा परिवारका लागि चिनी दुई केजी, नुन दुई केजी, एउटा ग्यास, आँटा दुई केजीमा २० प्रतिशत छुट दिने जानकारी दिनुभयो ।
उहाँका अनुसार यो सुविधा साल्ट ट्रेडिङका बिक्री केन्द्रहरू कालीमाटी, सतुङ्गल, जडीबुटी, जावलाखेल र भक्तपुरबाट मात्रै पाइने छ । छुटको सामान लिनका लागि परिवार एक जनाको नागरिकताको प्रतिलिपिको पछाडि सबै परिवारका सदस्यको नाम लेखिएको हुनुपर्ने बाध्यकारी व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
साल्ट टे«ेडिङले यीबाहेक पनि चामल, दाल, तेल घिउ, गेडागुडी, पिठो, मरमसलालगायत भान्सामा प्रयोग हुने सबै वस्तु बजारबाट लिएर बिक्री गर्दै आएको छ । साल्ट टे«ेडिङले पछिल्लो पटक सबै खाद्यान्न पसल बन्द हुँदा तीनवटा मोबाइल भ्यानमार्फत उपत्यकाका विभिन्न ठाउँमा पुगेर खाद्यान्न बिक्री गर्दै आएको छ । साथै शुक्रबारदेखि दिने छुट सेवा मोबाइल भ्यानमार्फत भने नपाइने स्पष्ट पारेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण