एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय

काठमाडौं,जेठ ५, । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढाउन नेतृत्वसँग आग्रह गर्ने निर्णय छ ।

पार्टीमा देखिएका समस्या यथोचित समाधान गर्दै एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने भएको छ । एकता र समझदारी वृद्धि तथा आपसमा अविश्वास, असहयोग र अन्तरविरोधबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने पनि निर्णय भएको रावलले बताए ।

सर्वोच्च अदालतको फैसलाअनुसार एमाले ब्युँतिएपछि शीर्षनेताबीच विवाद भएको थियो । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद चर्किंदै गएपछि विभाजननजिक पुगेको थियो । ‘पार्टी एकता जोगाउन’ भन्दै नेता–कार्यकर्ताले दबाब दिएपछि उनीहरू कार्यदल गठन गर्न बाध्य भए ।

गत आइतबार ओली र नेपालबीच भएको छलफलले १० सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदललाई पार्टीभित्रको विवादबारे छलफल गरे समाधानका सुझाव दिने अधिकार दिइएको छ ।

कार्यदलमा अध्यक्ष ओली समूहबाट सुवास नेम्वाङ नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा वरिष्ठ नेता नेपाल समूहबाट भीम रावल नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् । मंगलबारको बैठकमा पौडेल र पोखरेल काम विशेषले अनुपस्थित रहेका छन् ।  यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित