एमाले कार्यदल पार्टी एकता जोगाउन सक्रिय

काठमाडौं,जेठ ५, । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल समस्या समाधानसहित एकताबद्ध रूपमा पार्टी अघि बढाउने सक्रिय बनेको छ । कार्यदलको मंगलबार बसेको पहिलो बैठकले विभिन्न विषयमा तीन निर्णयसमेत गरेको छ । कार्यदल सदस्य भीम रावलका अनुसार विवाद समाधान गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढाउन नेतृत्वसँग आग्रह गर्ने निर्णय छ ।

पार्टीमा देखिएका समस्या यथोचित समाधान गर्दै एकताबद्ध रूपमा अघि बढाउन कार्यदलले सहयोग र सद्भावका लागि आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तयार गरी लागू गर्ने भएको छ । एकता र समझदारी वृद्धि तथा आपसमा अविश्वास, असहयोग र अन्तरविरोधबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने पनि निर्णय भएको रावलले बताए ।

सर्वोच्च अदालतको फैसलाअनुसार एमाले ब्युँतिएपछि शीर्षनेताबीच विवाद भएको थियो । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद चर्किंदै गएपछि विभाजननजिक पुगेको थियो । ‘पार्टी एकता जोगाउन’ भन्दै नेता–कार्यकर्ताले दबाब दिएपछि उनीहरू कार्यदल गठन गर्न बाध्य भए ।

गत आइतबार ओली र नेपालबीच भएको छलफलले १० सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदललाई पार्टीभित्रको विवादबारे छलफल गरे समाधानका सुझाव दिने अधिकार दिइएको छ ।

कार्यदलमा अध्यक्ष ओली समूहबाट सुवास नेम्वाङ नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा वरिष्ठ नेता नेपाल समूहबाट भीम रावल नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् । मंगलबारको बैठकमा पौडेल र पोखरेल काम विशेषले अनुपस्थित रहेका छन् ।  यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक