जसपा बैकल्पिक सरकार गठनको विपक्षमा : ठाकुर

कठमाडौं, बैशाख २८ गते । जनता समाजवादी पार्टी नेपाल कुनै पनि बैकल्पिक सकार निर्माणमा नलाग्ने भएको छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोमबार राती एक विज्ञप्ति प्रकाशित गरी केपी ओली नेतृत्वका सरकारसँग आफ्नो पार्टीले उठाएका मागका बारेमा वर्ता तथा तदअनुसारका कार्य प्रगति सकारात्मक रुपमा बढेको पनि विज्ञप्तिमा उल्लेख छ ।

साथै अहिले सात्ता प्राप्ति भन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित हुन र त्यसको सम्बोधन नै जसपाको मुख्य ध्येय रहेको उल्लेख गर्दै वैकल्पिक सरकार गठन गर्नु जसपाको उद्देश्य विपरित भएको पनि विज्ञप्ति उल्लेख गरिएको छ ।

 ठाकुरले वर्तमान राजनीतिक परिस्थितीमा सत्ता प्राप्तिको विषयमा आफूहरुको ध्यान नभएको बताउनुभएको छ ।विज्ञप्तिमा अध्यक्ष ठाकुरले अहिले जसपा सरकार गठबन्धनभन्दा पनि पार्टीले अघि सार्दै आएको एजेन्डा र मुद्दा सम्बोधनमै केन्द्रीत रहेको जानकारी दिनुभएको हो ।

उहाँले यी विभिन्न मुद्दाबाट विचलित भई कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य पार्टीको उद्देश्य विपरीत् र मधेश आन्दोलनको मर्म र भावनाको प्रतिकूल रहने ठकर गर्नुभएको छ । यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्इक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाकै राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसहितका नेताले राष्ट्रपतिलाई छिटोभन्दा छिटो नयाँ सरकार गठनका लागि आव्हान गर्नु भएकाे थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा पनि संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधित्व सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई  देशको प्रधानमन्त्रीक पदमा नियुक्ति गरिने प्रयोजनका लागि राष्ट्रपति समक्ष आफ््नो दाबी पेश गर्न आव्हान गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मित्रता : डिजिटल युगमा विश्वास, सहकार्य र मानवताको सेतु

मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो

देशभरका अदालतले एक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्योट

सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४