पशुपतिनाथकाे नित्य पूजा बाहेक दर्शनमा रोक

काठमाडौं,बैशाख १० गते । पशुपति क्षेत्र विकास कोषले सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । बिहीबर एक सूचना जारी गर्दै कोषले कोरोना भाइरस थप फैलिन नदिन अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक जनाएको छ ।

‘वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले,’ कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा हस्ताक्षरित विज्ञप्तिमा छ, ‘सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट भक्तजनहरूलाई पर्न गएको असुविधाप्रति पशुपति क्षेत्र विकास कोष क्षमाप्रार्थी छ ।’

विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण नेपालमा समेत बढ्दै गइरहेको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि निर्णय लिएको जनाइएको छ । सरकारले संक्रमण रोग ऐन, २०२०को दफा २ अनुसार आदेश जारी गरेअनुसार निर्णय लिइएको विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद