१३ रोपनी जग्गामा निर्माण हुने अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको पार्टीका आर्थिक विभाग प्रमुख बिष्णु रिमालले जानकारी दिए । नेकपाकालमै भवन निर्माण गर्ने भनिए पनि पार्टीभित्रै किचलो भइरहेकाले थाति रहेको रहेको थियो ।
रिमालका अनुसार २ महिनाभित्र माटो परीक्षण र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने र त्यसपछि निर्माण शुरु गरिनेछ । सामान्यतः दुई वर्षभित्र भवन निर्माण सकिने उनले बताए । अहिले करीव १३ रोपनी जग्गाको डिजाइन तयार पारिएको छ भने एमालेले कार्यालयको क्षेत्र विस्तार गर्ने योजना पनि बनाइरहेको छ ।
२०५१ सालमा निर्मित एमाले कार्यालय २०७२ सालको महाभुकम्पले भत्किएको थियो । पार्टी कार्यालय भवन भत्किएपछि एमाले कार्यालय धुम्बाराहीबाट सन्चालन हुँदै आएको थियो । आजै एमालेको केन्द्रीय कार्यालय थापाथलीस्थित भवनबाट सन्चालन हुने गरी उद्घाटन हुँदैछ ।
आज नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवश पनि हो । स्थापना दिवसको अवसर पारेर एमालेले आफ्नो नयाँ भवनको शिलान्यास गरेको हो । भवनको डिजाइन अन्तिम चरणमा पुगेको र पार्टीले आफ्नै कार्यकर्ताको लेबी र सहयोगमा भवन निर्माण गर्ने केन्द्रीय सदस्य सूर्य थापाले बताए ।
एमालेको नयाँ बन्ने भवन नेपालकै अहिलेसम्मको अत्याधुनिक पार्टी कार्यालय हुनेछ । सभाहल, बैठक कक्षसहित पर्याप्त पार्किङको सुविधा हुने गरी भवनको डिजाइन गरिएको छ ।
मदननगर बल्खुमा अवस्थित जननेता मदन भण्डारीको शालिक नयाँ भवनको अगाडि पनि कायमै रहने बताइएको छ । भवन अपांगमैत्री बनाउनेगरि डिजाइन भइरहेको एमालेले जनाएको छ ।
निर्माण लागत र निर्माण अवधिबारे भने अझै टुंगो लागिसकेको छैन । जतिसक्दो चाँडो भवन निर्माण गरि पार्टी कार्यालय सन्चालन हुने केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बताए । ढिलो दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्न लक्ष्य राखिएको एमाले स्रोतले जनाएको छ ।
संयोग नै मान्नुपर्छ एमालेले आफ्नो पहिलो केन्द्रीय कार्यालय भवन तत्कालीन मनमोहन अधिकारी प्रधानमत्री रहेको पहिलो नौ महिने सरकारको पालामा निर्माण थालेको थियो । मनमोहन सरकारमा गृहमन्त्री रहेका ओली अध्यक्ष तथा प्रधानमन्त्री रहेकै बेला नयाँ कार्यालय भवन निर्माणको आरम्भ गरेको छ ।
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति