देशैभर फोटोसहितको मतदाता नामावली दर्ता सुचारू

काठमाडौं, बैशाख २ः निर्वाचन आयोगले फोटोसहितको मतदाता दर्ताका लागि ७७ वटै जिल्ला निर्वाचन कार्यालय सक्रिय बनाएको छ । केही समयअघि निर्वाचन घोषणापछि स्थगित नामावली संकलन फेरि थालिएको हो । निर्वाचन आयोग प्रमुख आयुक्त दिनेश थपलियाले स्थगित भएकै समयदेखि बाँकी र योग्यता पुगेका नेपाली नागरिकको नाम दर्ता सुचारु गरिएको जानकारी दिए ।

‘निर्वाचन मिति तोकिँदा केही समय नामावली संकलन स्थगित गरिएको थियो, स्थगित भएदेखि पुनः नाम दर्ता सुचारु भइसकेको छ,’ उनले भने, ‘योग्यता पुगेका नेपाली नागरिकले आफ्नो जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्नेछन् ।’

आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नामावलीमा दर्ता हुन उमेर पुगेका र छुटेका नेपाली नागरिकले सम्बन्धित जिल्ला निर्वाचन कार्यालय पुगेर दर्ता गर्न सक्नेछन् । नामाकृत मतदाताले भने पुनः दर्ता गरिरहनुपर्दैन ।

‘नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा छुटेका नागरिकलाई दर्ता गर्न उत्प्रेरित गरिनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘यसका लागि जिल्ला निर्वाचन कार्यालयसम्म जाने–आउनेलगायत विषयमा सहजीकरण गरिदिन सबै स्थानीय तहलाई आग्रह गरेका छौं ।’

मतदाता नामावली ऐन, २०७३ बमोजिम तोकिएको योग्यता पूरा भएका नेपाली नागरिकको नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गर्ने व्यवस्था मिलाउने जिम्मेवारी आफ्नो भएको आयोगले जनाएको छ ।

७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम संकलन निरन्तर गर्ने व्यवस्था मिलाइएको छ । ‘योग्यता पूरा भएका कोही मतदान गर्नबाट वञ्चित नहुन’ भन्ने आयोगको अभिप्राय हो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल