
ईपीएस शाखाका निर्देशक इन्द्र गौतमले यो पटक एचआरडीले सङ्ख्या पठाउँदा कोटा नभनेर परीक्षा उत्तीर्ण गर्ने भनिएकाले यीमध्ये कति जान पाउँछन् अहिलेसम्म स्पष्ट नभएको जानकारी दिए । उनले भने, अघिल्ला वर्षमा यति कोटा भनेर निर्धारण गरिएको हुुन्थ्यो, यो पटक त्यस्तो नभएर परीक्षा उत्तीर्ण गर्ने सङ्ख्या भनिएको छ, त्यसैले हामी पनि द्विविधामा छौँ, स्पष्ट हुन प्रयास गरिरहेका छौँ । निर्देशक गौतमले गएको जनवरीमै सूचना निकालेर एचआरडीले पहिलो आधा वर्षमा उत्पादनतर्फ एक हजार नेपाली श्रमिक लैजाने भनेको भए पनि चार महिना सकिन लाग्दासमेत कुनै प्रक्रिया अगाडि नबढेको जानकारी दिए । पहिलो आधा वर्षका लागि गरेको प्रतिबद्धता नै कार्यान्वयन नभएको अवस्थामा दोस्रो आधा वर्षको आउला भन्ने के आश गर्नु खै उनले थपे ।
नेपालबाट सन् २००८ देखि कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई ईपीएसमार्फत दक्षिण कोरिया लग्दै आएको छ । कोरिया सरकारले विदेशी श्रमिक आपूर्ति गर्दै आएका देशमा कोरोना भाइरसका कारण सन् २०२० मा कोरियन भाषा परीक्षा सञ्चालन गरेन ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति