मेलम्चीको पानी वितरणमा   सडक मर्मत गर्ने सहमति

काठमाडौँ, चैत २८ गते । राजधानीमा मेलम्चीको पानी वितरणका क्रममा हुनसक्ने चुहावट नियन्त्रण तथा मर्मत गर्ने क्रममा सडक खन्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सडक विभागबीच सहमति भएको छ ।
केयूकेएलका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले पानी वितरणको क्रममा पाइनलाइनबाट हुने गरेका चुहावटको नियन्त्रण तथा मर्मतका लागि सडक खन्नुपर्ने भएकाले सोको स्वीकृतिका लागि शुक्रबार केयूकेएल र सडक विभागबीच सहमति भएको जानकारी दिनुभयो । चुहावट नियन्त्रणका लागि सडक विभागले स्वीकृति दिएको बताउँदै उहाँले मर्मतका क्रममा खनिएको सडकलाई सडक विभागले मर्मत गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘चुहावट नियन्त्रण तथा मर्मतका लागि मौजुदा सूची निर्माण भई निर्माण व्यसायीहरू तयारी अवस्थामा रहेका छन् । त्यसैगरी आवश्यक सामग्रीहरू समेत तयारी अवस्थामा रहेका छन् ।’’
चुहावट तथा मर्मत निरीक्षणका लागि ‘-यापिड रेस्पोन्स टिम’ केयूकेएलको हरेक शाखाबाट परिचालन गरिएको उहाँले बताउनुभयो । उपत्यकामा रहेका केयूकेएलका नौवटा शाखाबाट नै ‘-यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको छ ।
उहाँका अनुसार चैत १५ देखि पानी वितरण सुरु भएयता ३२० ठाउँमा चुहावट पत्ता लागेकोमा अहिलेसम्म १८६ ठाउँमा मर्मत कार्य सम्पन्न भइसकेको छ ।
बिहानदेखि साँझसम्म पानी वितरण तथा रातमा मर्मत कार्य भइरहेका छन् । अहिलेसम्म पत्ता लागेका मध्ये ५८ प्रतिशत चुहावटको नियन्त्रण तथा मर्मत कार्य सम्पन्न भइसकेको छ । वितरण प्रणालीका पाइपलाइनहरू पुरानो भएको र भूकम्पले पनि पूरा वितरण प्रणालीलाई हल्लाइसकेको हुनाले प्रायः पाइप जोडिएको ठाउँमा चुहावट देखिएको निर्देशक शाक्यले बताउनुभयो ।
अहिले काठमाडौँ र ललितपुरमा चक्रपथभित्रका अधिकांश ठाउँमा पानी वितरण सुरु गरिएका धेरै ठाउँमा पानी पुगेको छ भने नपुगेका ठाउँमा कसरी पु-याउन सकिन्छ भनी तयारीमा केयूकेएल जुटेको उहाँले बताउनुभयो ।
अहिले आठ करोड लिटर पानी वितरणका लागि तयारी अवस्थामा राखिएको केयूकेएलले जनाएको छ । केयूकेएलले अहिले महाँकाल चौर, अनामनगर, मीनभवन, खुमलटार, पानीपोखरी, महाराजगञ्ज र बालाजु गरी सात पोखरीबाट पानी वितरण गरिरहेका छन् । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट