भक्तपुरका एमाले केन्द्रीय सदस्य सोम मिश्र ओली  समूहमा प्रवेश, माधब नेपाल चरम अवसरबादी भएको आरोप  

काठमाडौँ, २६ चैत । नेकपा एमालेमा माधवकुमार नेपाल समूहबाट प्रधानमन्त्री ओलीले नेतृत्व गरेको एमालेप्रति ध्रुवीकरणले तिब्रता पाएको छ।

प्रधानमन्त्री  ओलीको नेतृत्वमा एमालेलाई एक ढिक्का बनाई मुलुक र जनताको हितमा काम गर्नुपर्ने वर्तमान समयको माग र आवश्यक्ता भन्दै केन्द्रिय सदस्य तथा चागुनारायण नगरपालिकाका मेयर सोम मिश्र ओली समुहमा प्रवेश गरेका छन् । प्रवेश गर्नुभन्दा अगाडी उनले पार्टीका महासचिव इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य महेश बस्नेतलगायतका नेताहरूसंग  छलफल  गरेका थिए ।  केन्द्रीय सदस्य  मिश्रलाई माधव समूहले समानान्तर कमिटी गठन गर्दा  जिल्ला इन्चार्जको जिम्मेवारी समेत दिइएको थियो । त्यसमा मेयर मिश्र असहमति प्रकट गरेका थिए ।

कथित ब्यक्तिबादी पदिय लोभ र भागबन्डा नमिलेको  कारण पार्टीभित्र चरम गुटवन्दी तथा समानान्तर गतिविधि  माधव समूहले गरेकोले  असहमति जनाउँदै उनले ओली पक्षमा खुल्ने निर्णय गरेको बताए  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको