भक्तपुरका एमाले केन्द्रीय सदस्य सोम मिश्र ओली  समूहमा प्रवेश, माधब नेपाल चरम अवसरबादी भएको आरोप  

काठमाडौँ, २६ चैत । नेकपा एमालेमा माधवकुमार नेपाल समूहबाट प्रधानमन्त्री ओलीले नेतृत्व गरेको एमालेप्रति ध्रुवीकरणले तिब्रता पाएको छ।

प्रधानमन्त्री  ओलीको नेतृत्वमा एमालेलाई एक ढिक्का बनाई मुलुक र जनताको हितमा काम गर्नुपर्ने वर्तमान समयको माग र आवश्यक्ता भन्दै केन्द्रिय सदस्य तथा चागुनारायण नगरपालिकाका मेयर सोम मिश्र ओली समुहमा प्रवेश गरेका छन् । प्रवेश गर्नुभन्दा अगाडी उनले पार्टीका महासचिव इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य महेश बस्नेतलगायतका नेताहरूसंग  छलफल  गरेका थिए ।  केन्द्रीय सदस्य  मिश्रलाई माधव समूहले समानान्तर कमिटी गठन गर्दा  जिल्ला इन्चार्जको जिम्मेवारी समेत दिइएको थियो । त्यसमा मेयर मिश्र असहमति प्रकट गरेका थिए ।

कथित ब्यक्तिबादी पदिय लोभ र भागबन्डा नमिलेको  कारण पार्टीभित्र चरम गुटवन्दी तथा समानान्तर गतिविधि  माधव समूहले गरेकोले  असहमति जनाउँदै उनले ओली पक्षमा खुल्ने निर्णय गरेको बताए  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

सर्वोच्चको परमादेश : बेपत्ता परिवारको हकमा बाधक १५ कानुन संशोधन गर्न सरकारलाई निर्देशन

  चैत २४,काठमाडौं । सर्वोच्च अदालत ले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूका परिवारले हक–अधिकार उपभोग गर्न

सभामुखमा अर्याल निर्विरोध

 चैत २०, काठमाडौँ ।  प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्।  राष्ट्रिय स्वतन्त्र

प्रधानमन्त्री बालेन शाहद्वारा सांसदहरूसँग क्षेत्रीय समस्या र विकासका विषयमा छलफल

चैत १६ , काठमाडौँ । बालेन शाहले आज सत्ता र प्रतिपक्षी दलका सांसदहरूसँग सामूहिक छलफल

गण्डकी प्रदेश सडक ऐन संशोधन विधेयक सर्वसम्मत पारित

पोखरा, १६ चैत २०८२ ।  गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

काठमाडौँ, चैत १६ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज