सरकारी वार्ता टोली गठनको थाकसद्वारा स्वागत, आजै बार्ता टोली घोषणा गर्ने तयारी

काठमाडौं, चैत १६ गते । थारु कल्याणकारिणी सभा (थाकस) का अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग बार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा सरकारले तीन सदस्यीय बार्ता टोली गठन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वार्ता टोली गठन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार बार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र नेकपा ९एमाले० केन्द्रीय सदस्य भगवती चौधरी रहनुभएको छ ।
थाकसले १९ बुँदे माग राखी एक साता धर्ना कार्यक्रम गरेपछि सरकारले वार्ताका लागि बार्ता टोली गठन गरी आज सोमबार सार्वजनिक गरेको हो । सरकारका प्रवक्ता समेत रहेका पार्वत गुरुङले वार्ता टोलीले थाकससँग बार्ता गरी ठोस सहमति गर्ने बताउनुभयो ।थाकसको स्वागत
थारु कल्याणकारिणी सभा ९थाकस० ले सरकारले वार्ता टोली गठन गरी सार्वजनिक गरेको कदमको स्वागत गरेको छ । थाकसको संगठन विभाग प्रमुख तथा पूर्व सांसद रुक्मिणी चौधरीले सरकारले वार्ता टोली गठन गरेकोमा खुशी व्यक्त गर्दै थाकसले सकारात्मक रुपमा लिएको बताउनुभयो । थाकसले आज सोमबार साँझसम्म वार्ता टोली सार्वजनिक गर्ने बताएको छ ।
वार्ता टोली गठन गर्ने जिम्मेवारी केन्द्रीय अध्यक्ष चौधरीलाई अख्तियारी दिएको थाकसले जनाएको छ । केन्द्रीय कमिटी बैठकले सो अख्तियारी दिएको संगठन विभाग प्रमुख चौधरीले जानकारी दिनुभयो । “हामी बार्ता विरोधी होइनौं, हाम्रो १९ बुँदे मागमै केन्द्रित भएर सरकारसँग वार्ता गर्न हामी तयार छौं” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा