सरकारी वार्ता टोली गठनको थाकसद्वारा स्वागत, आजै बार्ता टोली घोषणा गर्ने तयारी

काठमाडौं, चैत १६ गते । थारु कल्याणकारिणी सभा (थाकस) का अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिसँग बार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा सरकारले तीन सदस्यीय बार्ता टोली गठन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वार्ता टोली गठन गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार बार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र नेकपा ९एमाले० केन्द्रीय सदस्य भगवती चौधरी रहनुभएको छ ।
थाकसले १९ बुँदे माग राखी एक साता धर्ना कार्यक्रम गरेपछि सरकारले वार्ताका लागि बार्ता टोली गठन गरी आज सोमबार सार्वजनिक गरेको हो । सरकारका प्रवक्ता समेत रहेका पार्वत गुरुङले वार्ता टोलीले थाकससँग बार्ता गरी ठोस सहमति गर्ने बताउनुभयो ।थाकसको स्वागत
थारु कल्याणकारिणी सभा ९थाकस० ले सरकारले वार्ता टोली गठन गरी सार्वजनिक गरेको कदमको स्वागत गरेको छ । थाकसको संगठन विभाग प्रमुख तथा पूर्व सांसद रुक्मिणी चौधरीले सरकारले वार्ता टोली गठन गरेकोमा खुशी व्यक्त गर्दै थाकसले सकारात्मक रुपमा लिएको बताउनुभयो । थाकसले आज सोमबार साँझसम्म वार्ता टोली सार्वजनिक गर्ने बताएको छ ।
वार्ता टोली गठन गर्ने जिम्मेवारी केन्द्रीय अध्यक्ष चौधरीलाई अख्तियारी दिएको थाकसले जनाएको छ । केन्द्रीय कमिटी बैठकले सो अख्तियारी दिएको संगठन विभाग प्रमुख चौधरीले जानकारी दिनुभयो । “हामी बार्ता विरोधी होइनौं, हाम्रो १९ बुँदे मागमै केन्द्रित भएर सरकारसँग वार्ता गर्न हामी तयार छौं” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका