सार्वजनिक स्थानमा फागु मनाउन निषेध

काठमाडौँ, चैत १३ गते । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका सार्वजनिक स्थानमा भीडभाड गरी फागु खेल्न निषेध गरिएको छ । कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । यो वर्ष फागु पहाड तथा उपत्यकामा चैत १५ र तराईमा १६ गते परेको छ ।
यसअघि तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी कोरोना सङ्क्रमण बढ्दै गएकाले होलीमा भीडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई घरपरिवारबीच मनाउन अपिल गरेको थियो ।
महानगरीय प्रहरी कार्यालय प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले जिल्ला प्रशासन कार्यालयहरूको निर्णयलाई थप सहयोग पुग्ने गरी सार्वजनिक स्थानमा होली खेल्न रोक लगाइएको जानकारी दिनुभयो ।
सडक, चोक तथा सार्वजनिक स्थानमा भीड थुपारेर होली पर्व मनाउने, पानी छ्याप्ने, लोला हान्ने र जबर्जस्ती रङ अबिर दल्ने कार्यमा रोक लगाइएको स्पष्ट पार्दै उहाँले सुरक्षित रूपमा होली खेल्न आग्रहसहित सर्वसाधारणको सचेतनाका लागि ‘माइकिङ’ गरिने बताउनुभयो । यही १५ गते होली पर्वमा सुरक्षा व्यवस्थापनका लागि करिब पाँच हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।
विशेष गरी होली पर्वमा ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा हेल्मेट प्रयोग नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने दुई पाङ्ग्रे सवारीमाथिको कारबाहीलाई सशक्त बनाइने भएको छ । यसका साथै सर्वसाधारणका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ ।
नेपाल–भारत खुला सिमानासँगै असुरक्षित आवतजावतका कारण कोरोना सङ्क्रमण महामारी बढ्न सक्ने भन्दै महानगरीय प्रहरीले सामान्य स्वास्थ्य सुरक्षा मापदण्ड मास्कको प्रयोग, सामाजिक दूरी, सरसफाइ, सेनिटाइजर प्रयोगमा आग्रह गरेको छ ।
छिमेकी मुलुक भारतमा नभई नेपालमा पनि सङ्क्रमण केही दिनयता उच्च रहेकोले होली पर्वमा असुरक्षित भीडभाडसँगै जथाभावी लोला–पानी खेल्दा महामारी सङ्क्रमण फैलिन सक्ने भनाइ स्वास्थ्यकर्मीको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद