एमाले र माओवादी केन्द्र साबिककै दल रहने सर्वोच्चको फैसला (फैसलाको पूर्णपाठ)

काठमाडौं, २३ फागुन २०७७ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी नेकपा दर्ता गर्नुलाई गैरकानुनी ठहर गरेको छ । आज न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निर्वाचन आयोगविरुद्ध परेको रिटमाथि फैसला गर्दै कट्टेल नेतृत्वको नेकपाको पक्षमा फैसला गरेको हो ।

यसअघि १३ फागुनमा न्यायाधीशहरु श्रेष्ठ र रेग्मीको इजलासले २० फागुनमा फैसला गर्ने भनेकोमा पूर्व प्रधानन्यायधीश सुरेन्द्रप्रसाद सिंहको निधनले स्थगित भएपछि आज उक्त मुद्दाको फैसला सुनाएको हो । नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भई निर्वाचन आयोगमा दर्ता भएको थियो । आयोगमा दर्ता गर्दा नेपाल कम्युनिस्ट पार्टी नामको पार्टी पहिल्यै दर्ता भएपछि नेपाल कम्युनिस्ट पार्टी कोष्ठकमा नेकपा राखी दर्ता भएको थियो ।

त्यसविरुद्ध कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । नेकपा दर्ता हुँदा हुँदै अर्को दल त्यही नाममा दर्ता गर्न दिएकोमा आयोगमा उजुरी गरेकोमा आयोगले उनको विपक्षमा निर्णय दिएपछि सर्वोच्च अदालत पुगेका थिए ।

कट्टेलको पक्षमा फैसला आएपछि अब नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम फेर्नुपर्ने भएको छ । अब ओली र प्रचण्ड वैधानिक रुपमा अध्यक्ष रहेकाले नाम फेर्न दुवैजना जानुपर्ने भएको छ । यसले राजनीतिलाई नयाँ मोडमा लगेको छ ।

यस्तो छ सर्वोच्चको फैसलाको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति