फागुन १५, तेह्रथुम: फेदाप गाउँपालिका– २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी रु एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ ।
विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः०० बजेदेखि आगलागी शुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिए । आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागी हुनुका कारण विद्युत् सर्ट हुनसक्ने प्रअ दुलालले बताए ।
आगलागीमा परी विद्यालयका प्रशासनिक कागजात, पुराना शैक्षिक अभिलेख, शैक्षिक सामग्रीलगायत अन्य भौतिक सामग्रीसमेत जलेर नष्ट हुँदा रु एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।
बिहान १०ः०० बजे शैक्षिक विद्यार्थी, स्थानीय अभिभावक र प्रहरीले आगलागी नियन्त्रणमा लिएको विद्यालयले जनाएको छ । रासस
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित
काठमाडौँ, र्वैशाख ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न