तत्काल सत्ता सहकार्यको सोच छैन : कांग्रेस

काठमाडौं फागुन १४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ । नेकपाका दुवै समूहसँग सत्ता सहकार्यका सम्बन्धमा उसले पर्ख र हेरको रणनीति तय गरेको छ ।

बिहीबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकले वैधानिक रूपमा नेकपा एकै रहेकाले हालकै अवस्थामा हतारमा कुनै पनि समूहसँग सत्ता सहकार्यबारे निर्णय नगर्ने निष्कर्ष निकालेको हो ।

संसद् पुनस्र्थापना भएलगत्तै नेकपाका दाहाल—नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल आफैं देउवा निवास पुगेर कांग्रेससँग सत्ता सहयात्रा गर्न आफूहरू तयार रहेको बताएका थिए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति वैधानिक रूपमा एकै रहेकाले अहिले नै कसैको पक्षविपक्षमा उभिने भन्दा उनीहरू कसरी अघि बढ्छन् हेरेर त्यसपछि मात्रै निर्णय गर्ने बताए ।

‘अहिलेसम्म कम्युनिस्ट एकै छन्, अहिले नै कांग्रेसले कसैको पक्ष विपक्षमा केही निर्णय गर्दैन, उनीहरू कसरी प्रस्तुत हुन्छन् हेर्छौं र त्यसपछि मात्रै सोच्ने हो,’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राजधानीसँग भने ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले कांग्रेसले अहिले नै सत्ता साझेदारीबारे नसोचेको र स्थितिको परिपक्वता हेरेर निर्णय लिने बैठकको निर्णय रहेको बताए ।

अहिलेसम्म नेकपा वैधानिक रूपमा एकै छ, कांग्रेसले अहिले नै हतारमा कोसँग मिल्ने भन्ने निर्णय गर्दैन, स्थितिको परिपक्वता पनि हेर्नुपर्छ, संसद्मा उनीहरू कसरी प्रस्तुत हुन्छन् त्यसपछि निर्णय हुन्छ,’ कांग्रेस सहमहामन्त्री महतले बैठकबारे जानकारी दिँदै भने ।

बैठकमा संसद् प्रतिनिधिसभा पुनस्र्थापनापछिका विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो । सो क्रममा सभापति देउवाले नेकपाका दुवै समूहबाट आएका प्रस्तावबारे बैठकलाई जानकारी गराएको छ।

‘नेकपाको विवाद अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा उभिन सक्दैन अहिले समदूरीमै रहनुपर्छ, बैठकको निचोड यही हो, विधिवत् ढंगबाट नेकपा निचोडमा पुगेपछि कांग्रेसले पनि निचोड दिने ठाउँ आउला,’ नेता अर्जुननरसिंह केसीले भने ।

संसद् पुनस्र्थापना भएलगत्तै कांग्रेससँग प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली समूहले पनि सत्ता सहकार्यको प्रस्ताव गर्दै आइरहेको बताइन्छ । सो विषयमा प्रधानमन्त्री ओलीले निकटका नेतालाई कांग्रेससँगको संवादका लागि खटाएका छन् भने उनी आफैंलेसमेत देउवासँग टेलिफोनमार्फत कुरा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न