दुई महिनामा काठमाडौँमा मेलम्चीको पानी

काठमाडौं,फागुन ११, मेलम्ची खानेपानी आयोजनाले दोस्रो पटक सुरुङ परीक्षण थालेको छ। आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सोमबार सुरुङ परीक्षण सुरु गरिएको हो। सुरुङ परीक्षणलाई दुई महिना छुट्याइएको छ भने प्रशोधन केन्द्र परीक्षणलाई थप दुई महिना। त्यसपछि मेलम्चीको पानी संघीय राजधानीमा वितरण सुरु गर्न सकिने आयोजनाले जनाएको छ। 

आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले एकपटक पानी सुन्दरीजल पुगेपछि पुनः सुरुङमा पानी बन्द गरी परीक्षण गरेपछि मात्र नियमित रूपमा पानी सुन्दरीजल पुर्‍याएर राजधानीमा वितरण सम्भव हुने जानकारी दिए।

मेलम्चीको पानी सोमबार २ सय ७० मिटर तल रहेको २१ नम्बर अडिट गेटसम्म आइपुगेको छ। आयोजनाका अनुसार सुरुङको प्रत्येक अडिटमा भएको गेटमा परीक्षण गर्दै पानी सुन्दरीजल पुर्‍याइनेछ। अम्बाथान, ग्याल्थुम, सिन्धु अडिटमा परीक्षण हुँदै पानी सुन्दरीजल पुर्‍याउन १६ दिन लाग्नेछ। परीक्षणका क्रममा प्रतिसेकेन्ड २ सय ६० लिटरका दरले पानी सुरुङमा पथान्तर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र