प्रचण्ड–नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं, फागुन ७: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएको छ । बिहान ९ बजे स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

“अहिलेसम्मको परिस्थितिको समीक्षा गर्न बैठक बोलाइएको हो,” उनले भने, “अरू नियमित कार्यसूची छन् ।”

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधिसभा विघटनको कदम उठाएपछि सत्तारूढ पार्टी नेकपा विभाजित भएको थियो । विभाजित प्रचण्ड–नेपाल समूह अहिले सडक आन्दोलनमा छ । चौथो चरणको आन्दोलन गरिरहेको छ । आजको बैठकमा आन्दोलनको समीक्षा गरिने उनले बताए ।

यसैबीच, निर्वाचन आयोगले म्याद गुजारेर आधिकारिकता दाबी गरेकाले अहिले कारबाही गर्न नमिल्ने बताएपछि प्रचण्ड–नेपाल समूहले बहुमत सदस्यहरू नागरिकतासहित उपस्थित गराउने तयारी गरेको छ ।

एक सचिवालय नेताका अनुसार आयोगले आधिकारिकता दिन आलटाल गरेपछि बहुमतसिद्ध गर्न खोजिएको हो । “हामीले नागरिकताको प्रतिलिपि बुझाउन लागेका हौँ । केन्द्रीय सदस्यहरू उपस्थित हुनुपर्छ कि पत्र बुझाए पनि हुन्छ, आयोगले जे भन्छ, त्यहीअनुसार गर्छौँ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दासढुंगा घटनाबारे अझै रहस्य कायम : बादल

जेठ ३, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले दासढुंगा घटना सामान्य सडक

अवैध सम्पत्तिबारे उजुरी दिन आयोगको आह्वान

काठमाडौँ । सम्पत्ति छानबिन आयोग ले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले गैरकानुनी तथा अस्वाभाविक रूपमा आर्जन

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना