फाल्गुन ४, काठमाडौं : बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या अनुसन्धान पेचिलो बन्दै गएको छ । अभियुक्तसम्म पुग्ने भरपर्दो सूचना नपाउँदा अनुसन्धान पेचिलो बन्दै गएको हो ।
आफन्तले भागरथी मृत फेला परेको १२ दिन बितिसक्दा पनि शव बुझेका छैनन् । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर फर्किएकी थिइनन् । उनी २१ गते बिहान कच्ची सडकको ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । अपराधी पक्राउ नपरेसम्म शव नबुझ्ने आफन्तको अडान छ ।
केही दिनअघि प्रहरीले अनुसन्धान सकारात्मक पाटोमा अगाडि बढीरहेको बताएको थियो । पछिल्ला केही दिनयता अनुसन्धानमा केही जटिलता थपिँदै आएको अनुसन्धानमा खटिएका प्रहरीहरुले बताउन थालेका छन् । केही शंकास्पद व्यक्तिहरु प्रहरी घेरामा रहे पनि उपयुक्त प्रमाणको अभावमा उनीहरुलाई नियन्त्रणमा लिन नसकिएको प्रहरी अधिकारीहरुको दाबी छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न