धराहराको पुनर्निर्माण अन्तिम चरणमा

काठमाडौं फाल्गुन ०३ : २०७२ को महाभूकम्प बाट क्षतिग्रस्त ऐतिहासिक पुरातत्विक सम्पदा धराहराको पुनर्निर्माणअन्तर्गत ढलान गर्ने काम अन्तिम चरणमा पुगेको छ । धराहराको पुननिर्माणअन्तर्गत अहिले २१औं तलाको ढलान सकेर २२औं तलाको ढलान सुरु भएको छ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो ।

भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । २०७२ सालको भूकम्पले नौ तलाको धराहरा पनि भत्काइदिएको थियो । बृहत् धरहरा पुनर्निर्माणअन्तर्गत हुलाक कार्यालय तथा काठमाडौं मलसम्मको क्षेत्र खाली गराएर पुनर्निर्माणको भइरहेको हो । सो ठाउँबाट खिचापोखरी हुँदै निस्कने ६ मिटरको बाटो निर्माण हुनेछ । स्थानीयको मागअनुसार ६ मिटरको बाटो निर्माण गर्न लागिएको सम्पदाविद् राजुमान महर्जन बताउँछन् ।

हाल २१औं तलाको ढलान सकिएको र २२औं तलासमेतको कार्य गरी त्यहाँ पहिले रहेको महादेवको प्रतिमा पुनस्र्थापना तथा गजुर जडानको कार्य गरिने

४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र २२ तलाको हुने र ७२ मिटर उचाइको हुनेछ । धरहरामा बगैंचा, संग्रहालय, रंगीन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङस्थलसमेत रहनेछन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्माणाधीन धरहराका दुई भूमिगत तलामा पार्किङ रहने, त्यहीँबाट १०÷१० जना अट्ने क्षमताको लिफ्ट सञ्चालन हुने तथा १८औं तलामा धरहरासम्बन्धी डिजिटल प्रस्तुतीकरण कक्ष रहने बताए । ज्ञवालीका अनुसार हाल २१औं तलाको ढलान सकिएको र २२औं तलासमेतको कार्य गरी त्यहाँ पहिले रहेको महादेवको प्रतिमा पुनस्र्थापना तथा गजुर जडानको कार्य गरिने बताएको कुरा आजको राजधानीमा समाचार प्रकासित छ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ऐतिहासिक सुन्धारालाई निरन्तर पानी आउने अवस्थामा ल्याई संरक्षण गरिने बताए । ऐनले टक्सारको भवन रहेको स्थानमा मुद्रा तथा सिक्कासम्बन्धी विविध सामग्रीसहितको संग्रहालय बनाउने र भूकम्पले भत्काएको धरहरालाई यथावत् स्वरूमा सिसाले छोपेर एक सजीव भूकम्प संग्रहालयका रूपमा संरक्षण गरिने जनाए ।

धरहरा परिसरको भूमिगत पार्किङस्थलमा ४ सयवटा चारपांग्रे र ७ सयवटा दुईपांग्रे सवारी साधन अट्ने गरी निर्माण गरिँदै छ । ३ अर्ब ४८ करोड रुपैयाँ लागतमा धरहराको पुननिर्माण भइरहेको हो । अहिले दैनिक १ सय ५० भन्दा बढी कामदारले निर्माणको काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य