काठमाडौँ, माघ ३० : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा एकतावद्ध भएर अग्रसर हुन आह्वान गरेका छन् । सोनाम तथा ग्याल्बो ल्होछारको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
सरकार समृद्ध मुलुक निर्माणको अभियानमा अग्रसर भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो अभियानमा एकतावद्ध भएर लाग्न आम नागरिकलाई आग्रह गरे । ‘ऐतिहासिक जनआन्दोलनबाट स्थापित लोकतन्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा हामी अग्रसर छौँ,’ सन्देशमा भनिएको छ, ‘समृद्घ नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाब्क्षालाई पूरा गर्ने अभियान अघि बढाएका छौँ । राष्ट्र निर्माणको यस अभियानमा एकतावद्ध भएर अग्रसर हुन म सम्पूर्ण जनसमुदायमा आह्वान गर्दछु ।’
विभिन्न संस्कृतिमा आधारित पर्वहरु राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएको उनको भनाई छ । ‘संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धि विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ,’ सन्देशमा अगाडि भनिएको छ ।
हेर्नुहोस् सन्देशको पूर्ण पाठ :-
काठमाडौं, १८ वैशाख । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का
वैशाख १८, काठमाडौँ। सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब