दुर्घटनामा दुई इन्जिनियरसहित तीनको मृत्यु

माघ ३०, काठमाडाैँ : लमजुङको दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको जीप दुर्घटना हुँदा घटनास्थलमै आयोजनामा कार्यरत तीन जनाको मृत्यु भएको छ ।

बेँसीशहर नगरपालिका–१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जीप बिहीबार साँझ उक्त गाउँपालिका वडा नं ६ सिमिताजेमा दुर्घटना हुँदा जीप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई, स्याङ्गा घर भएका ३४ वर्षीय इञ्जिनीयर यदुनाथ भट्टराई र तनहुँस्थित भानु नगरपालिका वडा नं १० घर भएका इन्जिनियर प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकबाट १२० मिटर तल जीप खसेको र दुर्घटना हुनुका कारण भने खुली नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए । उनका अनुसार तीन जना घाइते भएका छन् । घाइते हुनेमध्ये एक जना सोही आयोजनामा कार्यरत धरान घर भएका सुनिलकुमार शाह रहेको र अन्य दुई जना एक महिला र बच्चाको ठेगाना भने खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ ।

प्रहरीका अनुसार घाइतेको टाउको खुट्टा टाउकामा चोट लागेको छ । उपचारका लागि बेँसीशहर नगरपालिकामा रहेको जिल्ला अस्पतालमा ल्याउँदै गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए । प्रहरीका अनुसार मृत्यु हुने तीन जना र घाइते हुने एक जनासहित आयोजनामा कार्यरत चार जना कर्मचारी दुर्घटनामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न