डडेल्धुरा, माघ २८ः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले डडेल्धुराका ग्रामीण क्षेत्रहरुमा संगठन विस्तारमा तीव्रता लिएको छ ।
पार्टीका भ्रातृ संगठनहरुसमेत सक्रियताका साथ संगठन विस्तार अभियानमा जुटेका छन् । मंगलबार बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि निर्मम हत्या प्रकरणविरुद्ध ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी समर्थित अखिल क्रान्तिकारीले आलिताल गाउँपालिकामा प्रदर्शन गरेको छ ।
संगठन विस्तार अभियानका क्रममा बैतडीमा भएको जघन्य अपराधको घटनामा संलग्नहरुलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको अखिल क्रान्तिकारी डडेल्धुराका अध्यक्ष शंकर खातीले बताए । उनले हाल जिल्लाभरका विद्यालयमा संगठन बिस्तार भइरहेको जानकारी दिए । विप्लवको पार्टीले जिल्लाका अधिकांश स्थानीय तहका वडाहरुमा वडा कमिटी, बस्ती स्तरमा टोल कमिटी र भ्रातृ तथा जनवर्गीय संगठनहरु गठन र पुनर्गठनको काम गरिरहेको सो पार्टीका जिल्ला सेक्रेटरी टीका राना ‘विजय’ले जानकारी दिए ।
उनले केन्द्रमा सरकारसँग वार्ताको वातावरण बन्न थालेकाले हाल संगठन विस्तार अभियान सञ्चालन गरिएको बताए । सरकारसँग वार्ता गरेर पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने पक्षमा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेको जिल्लास्तरीय नेताहरुको बुझाइ छ ।
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित
काठमाडौँ, र्वैशाख ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न